• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ कार्तिक ३०, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दीपशिखा माविमा सप्ताह ज्ञान महायज्ञ सुरु

३ दिन अघि
२

महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीमा म्याग्दीमा साहित्यिक कार्यक्रम

१ हफ्ता अघि
३

फुटबलको उत्सवसँगै सामाजिक उत्तरदायित्वको सन्देश : बेनीमा चौथो बौद्ध कपको तयारी पूरा

१ हफ्ता अघि
४

जामुनाखर्क माविको अभिभावक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम

१ हफ्ता अघि
५

शिक्षाको मन्दिर सिँगार्न गाउँबस्तीमा निमन्त्रणापत्र बोकेर हिँड्दै विद्यालय परिवार

२ हफ्ता अघि
६

आगामी साता केही स्थानमा वर्षा र हिमपातको सम्भावना

३ हफ्ता अघि
७

फापरखेत पहिरोको पूर्वाधार विकासमन्त्रीद्वारा निरीक्षण

३ हफ्ता अघि
८

हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?

१ महिना अघि
९

बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन

१ महिना अघि
१०

कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने

१ महिना अघि
११

म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

१ महिना अघि
१२

गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

४ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार (१ महिना अघि)

बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन

फाईल तस्विर

  • १०१ पटक पढिएको
  • बेनी, असोज-२६,  म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा सभाहलसहितको तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले आइतबार नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो।

    रघुगंगा गाउँपालिकाको एक करोड ४० लाख रुपैयाँ र स्थानीयवासीको साढे छ लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो। तीनतले भवनमा नौवटा कोठा, सभाहल, स्तनपान कक्ष, शौचालय र पार्किङस्थलसहित घेराबारको व्यवस्था गरिएको छ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलका अनुसार नवनिर्मित भवनबाट नियमित प्रशासनिक सेवाका अतिरिक्त कृषि, पशु, प्राविधिक तथा मेलमिलापसम्बन्धी सेवा पनि प्रदान गरिनेछ।

    भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भण्डारीले स्थानीयवासीलाई आवश्यक सेवा आफ्नै वडाबाट उपलब्ध गराउने उद्देश्यले भवन निर्माण गरिएको बताउनुभयो। उहाँले सामान्य समस्या समाधानका लागि गाउँपालिकाको केन्द्रसम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास गरिएको उल्लेख गर्नुभयो।

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुन, प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा, वडा नम्बर ५ का अध्यक्ष मनबहादुर शेरपुञ्जा तथा वडा अध्यक्ष अमृत भण्डारीले भौतिक संरचनासँगै आवश्यक जनशक्ति व्यवस्थापन र प्रभावकारी सेवा प्रवाहमा जोड दिनुभएको थियो।

    यसैबीच, गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष योगकुमार फगामीले बेगखोलाका बाढीपहिरोबाट क्षतिग्रस्त सडक तथा पुलको मर्मत र विपद्का कारण समस्यामा परेका स्थानीयवासीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।

    बेगखोला समाज पोखराका अध्यक्ष यमकुमार पुर्जा र बेगखोला महिला समाज पोखराकी टीका पुर्जाले पनि जन्मगाउँमा आवश्यक परेको समयमा सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो।

    भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने हितमान फगामी, आर्थिक सहयोग गर्ने गिरीप्रसाद गर्बुजा, धनबहादुर गर्बुजा, मिनकुमार गर्बुजा, यामकुमार पुर्जा र लालकुमारी पुर्जालगायत सहयोगदातालाई कार्यक्रममा सम्मान गरिएको थियो।

    त्यसैगरी, स्वर्गीय श्रीमान् मनबहादुर गर्बुजा र स्वर्गीय छोरी झकुमारी गर्बुजाको स्मृतिमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गर्ने धनमाया पुनलगायत सहयोगदातालाई पनि सम्मान गरिएको थियो। भवन निर्माणमा योगदान पुर्‍याउने स्थानीयवासी तथा कर्मचारीलाई दोसल्ला र कदरपत्र प्रदान गरिएको थियो।

    वडा अध्यक्ष बिलबहादुर फगामीको अध्यक्षता, वडा सदस्य सोमिता पुनको स्वागत र वडा सचिव कविता श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीयवासीले नृत्य, नौमती बाजा, पुख्र्यौली नृत्य तथा गीत प्रस्तुत गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ हफ्ता अघि

    आगामी साता केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    ३ हफ्ता अघि

    फापरखेत पहिरोको पूर्वाधार विकासमन्त्रीद्वारा निरीक्षण

    १ महिना अघि

    कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने


  • १ महिना अघि

    म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

  • १ महिना अघि

    गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ

  • १ महिना अघि

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

  • १ महिना अघि

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

  • समाचार
  • १

    दीपशिखा माविमा सप्ताह ज्ञान महायज्ञ सुरु
    ३ दिन अघि

  • २

    महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीमा म्याग्दीमा साहित्यिक कार्यक्रम
    १ हफ्ता अघि

  • ३

    फुटबलको उत्सवसँगै सामाजिक उत्तरदायित्वको सन्देश : बेनीमा चौथो बौद्ध कपको तयारी पूरा
    १ हफ्ता अघि

  • ४

    जामुनाखर्क माविको अभिभावक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम
    १ हफ्ता अघि

  • ५

    शिक्षाको मन्दिर सिँगार्न गाउँबस्तीमा निमन्त्रणापत्र बोकेर हिँड्दै विद्यालय परिवार
    २ हफ्ता अघि

  • ६

    आगामी साता केही स्थानमा वर्षा र हिमपातको सम्भावना
    ३ हफ्ता अघि

  • ७

    फापरखेत पहिरोको पूर्वाधार विकासमन्त्रीद्वारा निरीक्षण
    ३ हफ्ता अघि

  • ८

    हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?
    १ महिना अघि

  • ९

    बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन
    १ महिना अघि

  • १०

    कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution