



काठमाडौँ, असोज-२०, सेफर्ड कलेज काठमाडौंले विश्वविद्यालयको पाठ्यक्रममा आधारित पाँच वटा पाठ्यपुस्तक सार्वजनिक गरेको छ।
बिहीबार क्याम्पसमा आयोजित कार्यक्रममा पुस्तकहरू सार्वजनिक गरिएको हो। कार्यक्रममा मुद्रण सञ्चारसम्बन्धी चार वटा र मिडिया अनुसन्धानसम्बन्धी एक वटा पुस्तक सार्वजनिक गरिएको कलेजले जनाएको छ।

पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत मिडिया टेक्नोलोजीमा स्नातक र स्नातकोत्तर तह अध्यापन हुने सेफर्ड कलेजले यसअघि पनि दुई वटा पाठ्यपुस्तक सार्वजनिक गरिसकेको छ।
नयाँ पुस्तकका लेखक विनोदप्रसाद शर्मा, अर्जुनप्रसाद दहाल र प्रमोद शर्मा रहेका छन्।
विद्यार्थीलाई समयमै गुणस्तरीय पाठ्यपुस्तक उपलब्ध गराउने उद्देश्यले अन्य विषयका पुस्तक पनि तयार भइरहेको कलेजका सहायक क्याम्पस प्रमुख प्रेम पुन्यौलीले जानकारी दिनुभयो।
कलेजले सहभागितामूलक सिकाइलाई प्राथमिकता दिँदै ‘सहभागितामूलक सिकाइ मार्गदर्शन’ पनि सार्वजनिक गरेको छ। मार्गदर्शनमा अनलाइन कक्षा, नियमित मूल्याङ्कन, विद्यार्थीको भूमिका र निरन्तर मूल्याङ्कनलगायत विषय समेटिएका छन्।

तस्विर : प्रमोद शर्मा
कार्यक्रममा स्नातकोत्तर तह पहिलो सेमेस्टरका विद्यार्थीका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम पनि गरिएको थियो। कार्यक्रममा विनोदप्रसाद शर्माले सहभागितामूलक सिकाइ र स्नातकोत्तर तहको अध्ययनबारे जानकारी दिनुभयो।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष रमेश खडिवडाले परीक्षा उत्तीर्ण गर्न मात्र नभई जीवनका लागि अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो।
कलेजका अध्यापक प्रकाशजंग कार्कीले मिडिया टेक्नोलोजीको अध्ययनको दायरा फराकिलो भएकाले प्रभावकारी सिकाइका लागि विद्यार्थीको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।













जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )