




जलजला, असोज-१४, केही दिनअघि परेको अविरल वर्षाका कारण आएको बाढी तथा कालीगण्डकी नदीको कटानबाट जलजला गाउँपालिका–लस्ती क्षेत्रमा ठूलो क्षति भएको थियो। बाढी र नदी कटानका कारण दर्जनौँ घर बग्नुका साथै थुप्रै घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त भएका छन्।
विपद्बाट प्रभावित परिवारलाई सिद्धबाबा युवा क्लबको सक्रियतामा बगरफाँट आमा समूह, स्थानीय युवा तथा सामाजिक भावना बोकेका व्यक्तिहरू सम्मिलित टोलीले खाद्यान्न, म्याट्रेसलगायतका राहत सामग्री वितरण गरेको छ।
विपद्को समयमा प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउँदै उनीहरूको पीडामा साथ दिने उद्देश्यले राहत वितरण गरिएको टोलीले जनाएको छ।
आपत्–विपत्मा आफ्नो ठाउँबाट सकेको सहयोग गर्नु सबैको दायित्व भएको भन्दै लस्तीवासीले भोगिरहेको पीडामा सानो भए पनि मलम लगाउने प्रयासस्वरूप सहयोग गरिएको बताइएको छ।
विपद्को समयमा पीडितको दुःखमा साथ दिनु नै मानवताको परिचय भएकाले आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता टोलीले जनाएको छ।















जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )