




म्याग्दी, असोज-८, लगातारको वर्षाका कारण बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढेपछि म्याग्दी जिल्लाका केही सडकखण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले जारी गरेको सूचनाअनुसार बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्डमा २०८३ साल असोज ८ गतेदेखि असोज ११ गतेसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी साधन आवागमन बन्द गरिएको हो।

नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विशेष मौसमी बुलेटिनअनुसार असोज ८ देखि ११ गतेसम्म गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।
भारी वर्षाका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा अचानक बाढी, पहिरो, कटान तथा गेग्रान बहावको जोखिम हुन सक्ने भएकाले जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोस्टको निर्णयअनुसार सवारी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनले तोकिएको समयमा सवारी साधन सञ्चालन नगर्न तथा दिनको समयमा सवारी चलाउँदा समेत आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैमा अनुरोध गरेको छ।

तस्विर : मौसम बिभाग नेपाल













जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )