




म्याग्दी, असोज-६, म्याग्दी जिल्ला भलिबल संघको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। जिल्ला खेलकुद विकास समिति, म्याग्दीको सभाहलमा सोमबार सम्पन्न संघको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले तेजेन्द्र बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
बानियाँ दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। अधिवेशनबाट कुमार किसान प्रथम उपाध्यक्ष, राजकुमार भण्डारी द्वितीय उपाध्यक्ष, मलिन कुमार रोका महासचिव र मनोज खड्का कोषाध्यक्षमा चयन हुनुभएको छ।
यस्तै, कार्यसमिति सदस्यहरूमा अशोक कुमार शाही, मुक्तमान केसी, गंगा तिलिजा, चित्र जुग्जाली, देवेन्द्र खत्री र राजिन पुरी चयन हुनुभएको संघले जनाएको छ।
जिल्ला खेलकुद विकास समिति, म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले जिल्लाको भलिबल क्षेत्रलाई थप गतिशील र व्यवस्थित बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको हो।
नवनिर्वाचित अध्यक्ष बानियाँसहितको कार्यसमितिले जिल्लाका विभिन्न क्षेत्रमा भलिबल खेलको पहुँच विस्तार गर्ने, नयाँ प्रतिभाको पहिचान तथा खेलाडी उत्पादनमा जोड दिने र विभिन्न प्रतियोगितामार्फत खेलाडीलाई अवसर प्रदान गर्ने लक्ष्य अघि सारेको छ।














जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )