• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ आश्विन २९, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?

२ दिन अघि
२

बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन

२ दिन अघि
३

कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने

६ दिन अघि
४

म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

६ दिन अघि
५

गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ

१ हफ्ता अघि
६

सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

१ हफ्ता अघि
७

लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

२ हफ्ता अघि
८

म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द

२ हफ्ता अघि
९

म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया

३ हफ्ता अघि
१०

तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

३ हफ्ता अघि
११

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

३ हफ्ता अघि
१२

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८३ आश्विन ३, शनिबार (३ हफ्ता अघि)

न्यू वेस्ट प्वाइन्ट स्कुलको बृहत् खेलकुद सप्ताह सम्पन्न

तस्विर : सन्दिप श्रेष्ठ

  • २१८ पटक पढिएको
  • बेनी, असोज-३,  न्यू वेस्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय बेनीमा आयोजित बृहत् खेलकुद सप्ताह भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ।  असोज ३ गते शनिबार विद्यालयले साप्ताहिक रूपमा सञ्चालन गरेको खेलकुद कार्यक्रमको समापन गरेको हो।

    एक सातादेखि सञ्चालन हुँदै आएको खेलकुद सप्ताहको अन्तिम दिन ट्र्याकतर्फका विभिन्न विधाका फाइनल खेलहरू सञ्चालन गर्दै कार्यक्रमको औपचारिक समापन गरिएको थियो। विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि, अनुशासन, स्वस्थ प्रतिस्पर्धा र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले विद्यालयले विभिन्न तहका विद्यार्थीलाई सहभागी गराएर खेलकुद कार्यक्रम आयोजना गरेको जनाएको छ।

    समापन कार्यक्रमका अध्यक्ष तथा वेस्ट प्वाइन्ट एजुकेसन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले झण्डोत्तोलन तथा मशालदीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।

    संविधान दिवसकै दिन कार्यक्रम आयोजना भएकाले लोकतन्त्र तथा संविधान निर्माणका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो। साथै भदौ १० गते चीनको लेन्दे खोला हुँदै भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा मृतकहरूको स्मरणमा एक मिनेट मौनधारणसमेत गरिएको थियो।

    खेलकुद सप्ताहअन्तर्गत जुनियर तथा सिनियर तहदेखि प्लस टूसम्मका विद्यार्थीलाई सहभागी गराइएको थियो। अन्तिम दिन १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर दौडलगायत रिले दौड समाबेश  गरिएको थियो।

    खेलकुद कार्यक्रममा विद्यार्थी मात्र नभई अभिभावकलाई समेत सहभागी गराइएको थियो। अभिभावकतर्फ महिला तथा पुरुषका लागि छुट्टाछुट्टै लठ्ठो तान्ने खेल आयोजना गरिएको थियो। अभिभावकहरूको उत्साहजनक सहभागिताले खेलकुद कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाएको विद्यालयले जनाएको छ।

    कार्यक्रममा विद्यालयका प्रिन्सिपल डीबी दाहालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। अभिभावकको तर्फबाट जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले मन्तव्य व्यक्त गर्दै विद्यार्थीको शैक्षिक विकाससँगै खेलकुद गतिविधिको महत्वबारे धारणा राख्नुभएको थियो।

    त्यसैगरी खेलकुदका बारेमा जानकारी दिँदै विद्यालयका खेलकुद प्रशिक्षक दिपेन राईले न्यू वेस्ट प्वाइन आवासीय माध्यमिक विद्यालयबाट उत्पादन भएका खेलाडीहरू जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुग्न सफल भएको बताउनुभयो। विद्यालयले अध्ययनसँगै खेलकुदलाई पनि प्राथमिकतामा राख्दै आएको र विद्यार्थीको प्रतिभा पहिचान तथा विकासका लागि नियमित रूपमा विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो।

    समापन समारोहमा न्यू वेस्ट प्वाइन्ट  मन्टेसरी तथा बालविकास तहका साना–साना नानीहरूले आकर्षक ड्रिल तथा नृत्य प्रस्तुत गरेका थिए। बालबालिकाको आकर्षक प्रस्तुति, विद्यार्थीहरूको खेलकुद प्रतिस्पर्धा तथा अभिभावकहरूको सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।

    विद्यालयले खेलकुदलाई केवल प्रतिस्पर्धाका रूपमा मात्र नभई विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासको महत्वपूर्ण माध्यमका रूपमा लिएको जनाएको छ। नियमित खेलकुद गतिविधिले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने विद्यालयको भनाइ छ।

    साप्ताहिक रूपमा सञ्चालन भएको बृहत् खेलकुद कार्यक्रमको अन्तिम दिन विभिन्न खेलका फाइनल प्रतिस्पर्धा, अभिभावकका खेल तथा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुतिसहित समापन गरिएको हो।

    विद्यालयका अनुसार यस वर्षको खेलकुद दिवस विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारको उत्साहजनक सहभागिताका कारण भव्य, उत्साहपूर्ण र स्मरणीय बनेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
    १ हफ्ता अघि

    गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ

    १ हफ्ता अघि

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

    ३ हफ्ता अघि

    म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया


  • ३ हफ्ता अघि

    विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

  • ३ हफ्ता अघि

    विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

  • ३ हफ्ता अघि

    पढ्न जानेर मात्र पुग्दैन, शुद्ध पढ्न पनि जान्नुपर्छ :शुद्ध पढाइको खोजीमा म्याग्दीका बालबालिका

  • १ महिना अघि

    न्यू वेष्ट पोइन्ट मावि गन्डकि च्याम्पियन

  • समाचार
  • १

    हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?
    २ दिन अघि

  • २

    बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन
    २ दिन अघि

  • ३

    कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने
    ६ दिन अघि

  • ४

    म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन
    ६ दिन अघि

  • ५

    गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ
    १ हफ्ता अघि

  • ६

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक
    १ हफ्ता अघि

  • ७

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग
    २ हफ्ता अघि

  • ८

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द
    २ हफ्ता अघि

  • ९

    म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया
    ३ हफ्ता अघि

  • १०

    तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution