





बेनि, भदौ-२७, पोखरामा सम्पन्न ASIYAN PAINTS SCHOOL CHAMPIONS CUP 2026 को उपाधि म्याग्दीस्थित न्यू वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयले जित्न सफल भएको छ।
आइतबार भएको प्रतियोगिताको फाइनल खेलमा बेनिको वेष्ट पोइन्टले पोखराको सरस्वती माध्यमिक विद्यालयलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो।
निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि निर्णायक क्षणमा वेष्ट पोइन्टले बाजी मार्दै च्याम्पियन बन्न सफल भयो। उपाधिसँगै न्यू वेष्ट पोइन्टले प्रतियोगितामा आफ्नो उत्कृष्ट खेल प्रदर्शनलाई प्रमाणित गरेको छ।
म्याग्दीबाट पोखरा पुगेर प्रतियोगितामा सहभागी भएको न्यू वेष्ट पोइन्टको यो सफलतालाई विद्यालय, विद्यार्थी, प्रशिक्षक तथा अभिभावकहरूले गौरवका रूपमा लिएका छन्। विद्यालयको खेलकुद क्षेत्रमा निरन्तरको मेहनत, अनुशासन र प्रशिक्षणको परिणामस्वरूप यो उपलब्धि हासिल भएको बताइएको छ।













जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )