• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ आश्विन २९, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?

२ दिन अघि
२

बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन

२ दिन अघि
३

कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने

६ दिन अघि
४

म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

६ दिन अघि
५

गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ

१ हफ्ता अघि
६

सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

१ हफ्ता अघि
७

लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

२ हफ्ता अघि
८

म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द

२ हफ्ता अघि
९

म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया

३ हफ्ता अघि
१०

तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

३ हफ्ता अघि
११

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

३ हफ्ता अघि
१२

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८३ भाद्र २१, आईतबार (१ महिना अघि)

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

तस्विर: जलजला अनलाइन

  • १८७ पटक पढिएको
  • पर्वत, भदौ-२१,

    पर्वतको जलजला गाउँपालिका–७, मिलनचोकमा सञ्चालित मार्कण्डेय उद्यमशील सहकारी संस्था लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

    आइतबार सम्पन्न साधारणसभामा सहकारीले आर्थिक वर्ष २०८२/०८३ मा करिब सात करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको जानकारी गराइएको छ। सहकारीमा हाल ८ सय ९४ जना शेयर सदस्य आबद्ध रहेका छन्।

    महिला शेयर सदस्यलाई उद्यमशील बनाउँदै आत्मनिर्भर बनाउने उद्देश्यले सहकारीले सुलभ ब्याजदरमा कर्जा लगानी गर्ने र उद्यमशील कर्जामा ३० प्रतिशत अनुदान दिने निर्णय गरेको छ।

    त्यस्तै, शेयर सदस्यहरूको आवश्यकता, चाहना र उद्यमशीलतालाई लक्षित गर्दै नयाँ बचत तथा कर्जा योजना समेत सार्वजनिक गरिएको सहकारीले जनाएको छ।

    सदस्यहरूलाई संस्थासँगको कारोबार बढाउन प्रोत्साहित गर्ने उद्देश्यले कारोबारका आधारमा मुनाफा वितरण गर्ने अभ्याससमेत सुरु गरिएको छ। यस वर्षदेखि संरक्षित पुँजी फिर्ता कोष अन्तर्गत सदस्यहरूको बचत र कर्जाबाट संस्थाले प्राप्त गरेको ब्याजलाई आधार बनाएर मुनाफा वितरण गर्न थालिएको शेयर सदस्य तथा सामाजिक अभियन्ता जमुना आचार्यले बताउनुभएको छ।

    साधारणसभाको उद्घाटन ज्येष्ठ शेयर सदस्य ७३ वर्षीया धर्मकुमारी जैसीले दीप प्रज्वलन गरी गर्नुभएको थियो। साधारणसभाको अवसरमा विभिन्न विधामा उत्कृष्ट योगदान तथा उपलब्धि हासिल गर्ने शेयर सदस्यहरूलाई सम्मानसमेत गरिएको छ।

    नियमित बचततर्फ माया सार्की र मायान्सी सुवेदी, १५ वर्षे बचततर्फ जेनी शर्मा र जमुना दर्जी, गृहलक्ष्मी बचततर्फ निलकुमारी शर्मा र उषा मल्ल, बाल बचततर्फ सद्भाव पौडेल र आयान केसी सम्मानित हुनुभएको छ।

    त्यस्तै, दैनिक बचततर्फ दुर्गाकुमारी पौडेल आचार्य, सामूहिक ऋणतर्फ डिलकुमारी सार्की र गीता दर्जी तथा धितोतर्फ खिनदेवी दर्जी र पार्वती सार्की सम्मानित हुनुभएको छ।

    सम्मानका लागि मायाको चिनोका रूपमा सहकारीकै शेयर सदस्यले उत्पादन गरेको स्थानीय ढाकाको सल प्रयोग गरिएको थियो। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी दिनमा पनि शेयर सदस्यहरूले उत्पादन गरेका वस्तुलाई प्राथमिकता दिने सहकारीले जनाएको छ।

    यसैगरी, उत्कृष्ट उद्यमीका रूपमा टपरी एग्रोका सञ्चालक जमुना आचार्यलाई सम्मान गरिएको छ। सहकारीले बचत तथा ऋणको कारोबारसँगै शेयर सदस्यलाई उद्यमी बनाउने, स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने र सदस्यहरूको आर्थिक अवस्थामा सुधार ल्याउने योजना अघि सारेको छ।

    भावी योजनाअन्तर्गत दीर्घरोगीलाई आर्थिक सहयोग, एकल महिला तथा उत्कृष्ट सासु–बुहारी सम्मान, उत्कृष्ट उद्यमी प्रोत्साहन, आपत्विपद्मा परेकालाई राहत वितरण तथा सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम पारित गरिएको छ।

    त्यस्तै, उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने शेयर सदस्यका छोराछोरीलाई सम्मान गर्ने लगायतका कार्यक्रमसमेत साधारणसभाले पारित गरेको शेयर सदस्य जमुना आचार्यले जानकारी दिनुभएको छ।

    तस्विर : जलजला अनलाइन

    प्रतिक्रिया दिनुहोस
    अर्थ-बाणिज्य सम्बन्धि थप
    १ महिना अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

    ३ महिना अघि

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

    ३ महिना अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार


  • ६ महिना अघि

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

  • ९ महिना अघि

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

  • ९ महिना अघि

    पुष ३० गते देखि माघ ३ गतेसम्म बेनीमा ११ औँ माघेसङ्क्रान्ति मेला हुने

  • ९ महिना अघि

    संगिनी बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारण सभा सम्पन्न

  • समाचार
  • १

    हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?
    २ दिन अघि

  • २

    बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन
    २ दिन अघि

  • ३

    कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने
    ६ दिन अघि

  • ४

    म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन
    ६ दिन अघि

  • ५

    गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ
    १ हफ्ता अघि

  • ६

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक
    १ हफ्ता अघि

  • ७

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग
    २ हफ्ता अघि

  • ८

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द
    २ हफ्ता अघि

  • ९

    म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया
    ३ हफ्ता अघि

  • १०

    तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution