





म्याग्दी, भदौ-१८, यही भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिपछि विपद्मा परेका नागरिकलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले म्याग्दीको न्यु वेस्टपोइन्ट आवासीय माध्यमिक विद्यालयले चार लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
विद्यालयले विद्यार्थी, शिक्षक–कर्मचारी, युवा रेडक्रस सर्कल तथा विद्यालय सञ्चालक समितिबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चार लाख ५१ हजार रुपैयाँ जम्मा गरेको जनाएको छ।

विद्यालयका अनुसार कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीबाट ९६ हजार २ सय २० रुपैयाँ, युवा रेडक्रस सर्कलको कोषबाट ३ हजार ७ सय ८० रुपैयाँ, शिक्षक तथा कर्मचारीबाट १ लाख ९४ हजार १ सय ४९ रुपैयाँ र सञ्चालक समिति वेस्टपोइन्ट एजुकेसन फाउन्डेसनबाट १ लाख ५६ हजार ८ सय ५१ रुपैयाँ सहयोग गरिएको हो।
विपद्का बेला मानवीय सहयोग र सामाजिक उत्तरदायित्वप्रति विद्यार्थी तथा विद्यालय परिवारमा सकारात्मक भावना विकास गर्ने उद्देश्यले सहयोग संकलन गरिएको विद्यालयले जनाएको छ।
बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा आफूहरूले गरेको सानो सहयोगले भए पनि केही योगदान पुग्ने अपेक्षा विद्यालयले गरेको छ।














जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )