• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८३ भाद्र ३, बुधबार (३ हफ्ता अघि)

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

तस्विर : देवी जिसी

  • ७३ पटक पढिएको
  • बेनी, म्याग्दी, भदौ -३,  जिल्ला प्रहरी कार्यालय म्याग्दीले साउन महिनामा अपराध नियन्त्रण, शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा नागरिक सेवातर्फ विभिन्न गतिविधि सञ्चालन गरेको जनाएको छ।

    बुधबार पत्रकार सम्मेलन गरी साउन महिनाभरि सम्पादन गरेका गतिविधि तथा गत आर्थिक वर्षको समग्र कार्यसम्पादनको जानकारी सार्वजनिक गरेको हो । कार्यक्रममा प्रहरी नायब उपरीक्षक राजन कार्कीले यससम्बन्धी जानकारी दिनुभयो।

    प्रहरीका अनुसार साउनमा विभिन्न प्रकृतिका १५ वटा मुद्दा दर्ता भएका छन् भने ती मुद्दामा संलग्न ३२ जना प्रतिवादी पक्राउ परेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ३, आर्थिक अपराधका ४ र अन्य ८ वटा मुद्दा दर्ता भएका हुन्।

    जुवातास नियन्त्रण अभियानअन्तर्गत २८ जना ३ लाख ४३ हजार ८२५ रुपैयाँसहित पक्राउ परेका थिए। त्यस्तै, ज्यान मार्ने उद्योग र जबरजस्ती करणी सम्बन्धी घटनामा समेत प्रहरीले आरोपितलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएको जनाएको छ।

    अवैध हतियार नियन्त्रणतर्फ ‘Bravo Sierra Operation’ अन्तर्गत साउनमा ५ थान भरुवा बन्दुक बरामद गरिएको छ। अभियानअन्तर्गत हालसम्म १६३ थान अवैध भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ।

    साउनमा सवारी दुर्घटना शून्य रहेको छ भने ट्राफिक नियम उल्लङ्घन गर्नेबाट ४ लाख २८ हजार रुपैयाँ राजस्व संकलन भएको छ। विपद् व्यवस्थापनतर्फ बाढीका ४ र आगलागीका २ घटना भएका छन्। घटनामा २ जनाको मृत्यु, ४ जना घाइते र ६ जनाको उद्धार गरिएको प्रहरीको विवरणमा उल्लेख छ।

    प्रहरीले प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ ३ वटा सवारी साधन नियन्त्रणमा लिई २ लाख २० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ। हराएका ३ जनामध्ये १ जना फेला परेका छन् भने ६ वटा ठाडो उजुरीमध्ये सबै फर्छ्योट गरिएको छ।

    अपराध न्यूनीकरणका लागि घरदैलो प्रहरी कार्यक्रम, सामुदायिक सचेतना, पर्चा वितरण, गस्ती, चेकिङ, LRP, नागरिक सुनुवाइ तथा विभिन्न अन्तरक्रिया सञ्चालन गरिएको प्रहरीले जनाएको छ। समुदाय–प्रहरी साझेदारीअन्तर्गत १३९ वटा कार्यक्रम सञ्चालन गरी २ हजार १४८ जनालाई सहभागी गराइएको छ।

    त्यस्तै, साउनमा पिकेट, चेकिङ, ग्रामीण गस्ती, LRP र SRP गरी १ हजार २९७ पटक नियमित प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

    त्यसैगरी  म्याग्दी पर्यटकीय जिल्ला भएकाले यहाँ वर्षभरि स्वदेशी तथा विदेशी पर्यटकको आवतजावत रहन्छ। पर्यटकीय स्थलको जानकारी, प्रहरीको उपस्थिति, खाना, आवास, यातायात, स्वास्थ्य र उद्दार जस्ता विषयमा सघाउ पुर्‍याउन नर्थ अन्नपूर्ण क्षेत्रमा पर्यटकका लागि QR कोडसहितको जानकारी सार्वजनिक गरिएको छ। यसले पर्यटकलाई आवश्यक जानकारी लिन थप सहज बनाएको बताइएको छ। यो सानो तर सान्दर्भिक पहलले प्रहरी केवल कानुन कार्यान्वयनमा मात्र होइन, सेवा र सुविधामा पनि उत्तिकै संवेदनशील रहेको देखाउँछ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड


  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • १ महिना अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution