

बेनी, साउन-१७, पाकिस्तानस्थित ८ हजार ४७ मिटर अग्लो ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा निधन भएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित आरोहण टोलीका सदस्यहरूको सम्मानमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा घोषणा गरेको छ।


निर्मल पुर्जा अन्नपूर्ण गाउँपालिका–२ दानाका स्थायी बासिन्दा हुन्। उहाँको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गाउँपालिकाले अत्यावश्यक सेवाबाहेकका सबै गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक बिदा दिने निर्णय गरेको हो।
आइतबार जारी गरिएको सूचनामा निर्मल पुर्जाको निधनले गाउँपालिका परिवार, म्याग्दीवासी तथा समग्र नेपालीलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गरिएको छ।
गाउँपालिकाले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु नयाँ उचाइमा पुर्याउन, नेपाली पर्वतारोहीको पहिचान र गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न तथा साहस, नेतृत्व र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्न निर्मल पुर्जाले पुर्याएको योगदान सदैव स्मरणीय रहने जनाएको छ।
गाउँपालिकाले दिवंगत पर्वतारोहीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गरेको छ।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )