

म्याग्दी, साउन-१६, विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सडाई’को पाकिस्तानस्थित ब्रड पिक हिमालमा दुःखद निधन भएको छ।
निम्सडाई फाउन्डेसनले फेसबुकमार्फत जारी गरेको शोक-वक्तव्यमा उनको र अभियानसँगै रहेका अन्य सदस्यहरूको निधन भएको पुष्टि गरिएको छ। ब्रड पिकमा गएको हिमपहिरोमा परी निर्मल पुर्जासँगै उनका क्लाइम्बिङ साथी तथा गाइड पुरबहादुर गुरुङ ‘युक्त’ र निमा शेर्पाले पनि ज्यान गुमाएका हुन्। अभियानका अन्य सदस्यहरू पनि यस दुर्घटनाबाट जोगिन सकेनन्।

विश्व पर्वतारोहण क्षेत्रमा साहस र नेतृत्वको प्रतीक मानिने पुर्जाले आफ्नो जीवनकालमा ‘एलिट एक्सपिड’, ‘निम्सडाई फाउन्डेसन’, ‘स्काइ डाइभ निम्सडाई’ लगायतका संस्था स्थापना गरेका थिए।
फाउन्डेसनले पीडित परिवार र प्रियजनप्रति समवेदना व्यक्त गर्दै उद्धारकर्मीहरूप्रति कृतज्ञता प्रकट गरेको छ, साथै अधिकारीहरूबाट आधिकारिक पुष्टि नभएसम्म थप टिप्पणी नगरिने र परिवारको गोपनीयता सम्मान गर्न आग्रह गरेको छ।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )