

देवी जिसी /जलजला, साउन -१४, लायन्स क्लब अफ म्याग्दी दोभानको आयोजनामा पर्वतको बगरफाँटस्थित पताञ्जलि योग साधना केन्द्रमा सञ्चालन गरिएको १५ दिने निःशुल्क योग प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रशिक्षणमा योग गुरु पवित्रा बोगटी केसीले १५ दिनसम्म नियमित रूपमा योग अभ्यास गराउँदै योगको महत्त्व, नियमित अभ्यासबाट प्राप्त हुने शारीरिक, मानसिक तथा आध्यात्मिक लाभका बारेमा सहभागीहरूलाई जानकारी दिनुभएको थियो। उहाँले स्वस्थ र अनुशासित जीवनका लागि योगलाई दैनिक जीवनको अभिन्न अभ्यास बनाउनुपर्नेमा जोड दिनुभयो।

प्रशिक्षण अवधिभर कालीगण्डकी पतञ्जलि योग साधना केन्द्रकी संयोजक सुमन पौडेल कार्कीले सहजीकरण गर्नुभएको थियो।

समापन कार्यक्रममा प्रशिक्षार्थी अमृता बानियाँ क्षेत्रीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन क्लबकी सचिव पुष्पा खड्काले गर्नुभएको थियो। लायन्स क्लब अफ म्याग्दी दोभानकी अध्यक्ष थुमा खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रशिक्षण सफल बनाउन सहयोग गर्ने प्रशिक्षक तथा सहभागीप्रति आभार व्यक्त गरिएको थियो।













जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )