

पर्वत, असार-२९ , २१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी सम्पन्न भएको छ।जलजला गाउँपालिका–४ स्थित मोहनचोकमा सोमबार आयोजित कार्यक्रममा पर्वत साहित्य संगमका पूर्वअध्यक्ष इन्द्रमान खत्री, म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुवलाल शर्मा, म्याग्दी पुस्तकालयका साहित्य सचिव दीपक पौडेललगायत साहित्यप्रेमी तथा स्रष्टाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सो अवसरमा हरिकृष्ण आचार्य, गणनाथ पौडेल, केदारनाथ पौडेल, टेकनाथ आचार्य, गोपालप्रसाद आचार्य, हरिकृष्ण सुवेदी, मुकुन्द पौडेल, डा. भानुभक्त आचार्य, विष्णुकुमारी रायमाझी, रामबहादुर लामिछाने तथा हिराबहादुर वरुवाललगायतले आफ्ना साहित्यिक रचना वाचन गर्नुका साथै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा जोड दिनुभएको थियो।
मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका अध्यक्ष जीवन मल्लको अध्यक्षता तथा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रमममा प्रतिष्ठानाका उपाध्यक्ष सुजता जिसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन प्रतिष्ठानका सचिव चन्द्रबहादुर लामिछानेले गर्नुभएको थियो।
कार्यक्रममा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको औपचारिक लोकार्पण समेत गरिएको आयोजकले जनाएको छ।














जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )