• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ४, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

५ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

५ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

६ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
प्रकाशित मिति: २०८३ अषाढ १३, शनिबार (३ हफ्ता अघि)

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

तस्विर : जलजला अनलाइन

  • ७६ पटक पढिएको
  • “कृषि अनुदान, सीप विकास तालिम र उद्यमशीलता कार्यक्रममार्फत

    स्थानीय उत्पादन तथा रोजगारी विस्तारमा गाउँपालिकाको प्रयास”

    कृषक मन बहादुर पुर्जा, रघुगंगा गाउँपालिका -५ झिँ

    अरबको चर्को गर्मीमा एक–दुई दिन होइन, पूरा ६ वर्ष बिताएर फर्किएका हुन् मन बहादुर पुर्जा। घरपरिवारबाट टाढिनुको पीडा त थियो नै, त्यसमाथि खासै तलब नहुनु र साहुको हप्की–दप्की पनि सहनु परेको थियो। रोजगारीको खोजीमा आजभन्दा झन्डै २६ वर्षअघि दुबई पुगेका एक युवा अन्ततः “भनेजस्तो काम, सोचेजस्तो जागिर” नभएपछि नेपाल फर्किए।

    नेपाल फर्किए पनि उनको बाटो त्यति सहज भएन। धेरैजसो युवा विदेशतिरै लम्किरहेका बेला उनले भने ६ वर्षमै दुबई छाडेर नेपाल फर्किने निर्णय गरे। गाउँमा बसेर के गर्ने भन्ने चिन्ता थियो नै, केही दिन घरमा बसेपछि उनी पोखरा झरे। पोखरामा कसैको जग्गा भाडामा लिएर ९ वटा बंगुरका पाठापाठी ल्याई उनले बंगुर पालन सुरु गरे। “त्यो बेला बंगुरको मासु प्रतिकिलो ९० रुपैयाँ थियो,” उनी सम्झन्छन्। बंगुर पालेरै उनले पोखरामा २० वर्ष बिताए। तर अरूको जग्गा भाडामा लिएर व्यवसाय गर्दा भाडा तिर्नुपर्ने र खोर बनाउनुपर्ने लगायतका समस्या बढ्दै गएपछि त्यो पनि छाडेर उनी गाउँ फर्किए — म्याग्दीको रघुगंगा गाउँपालिका, झीं गाउँ, जहाँ उनको जन्मथलो छ।

    उनी त्यसै फर्किएका भने होइनन्। गाउँमै आएर फेरि बंगुर नै पाल्ने सोच बनाएका थिए, तर केही सोचविचार गर्दा उनलाई बंगुरभन्दा बँदेल (लोककल सुँगुर) पाल्दा माग बढी हुने बुझ्यो। त्यसपछि ४ वटा बँदेलका पाठापाठी ल्याएर काठको खोर बनाई उनले आफ्नो नयाँ व्यवसाय सुरु गरे। यो व्यवसाय सुरु गरेको अहिले ६ वर्ष भइसकेको छ। पुर्जा कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर सुरु गरेको उनको व्यवसायमा अहिले ३२ वटा बँदेल छन्, केही ब्याउने क्रममा पनि छन्। आगामी केही महिनामा यो संख्या ६० भन्दा बढी पुग्ने उनी बताउँछन्।

    बँदेल पालनमा उनलाई बजारको समस्या छैन। घरमै काटेर मासु बिक्री हुन्छ भने जिउँदै बँदेल किन्न पनि ग्राहक घरमै आउँछन्। आफ्नो व्यवसायबाट सन्तुष्ट रहेका पुर्जाले साथसाथै व्यावसायिक तरकारी खेती र मौरीपालन पनि सुरु गरेका छन्। अहिले मौरी सहितका ३ घार र खाली घार ४ वटा छन्। कुखुरा, र माछा समेत पालन शुरु गरेका उनले  केही दिनअघि मात्र उनले माहुरी पालनको तालिम पनि लिएका छन्। “गरे के हुँदैन” भन्ने एउटा जीवित उदाहरण बनेका छन् मन बहादुर पुर्जा।

    रघुगंगा गाउँपालिकाले स्वरोजगारका लागि कृषिमा अनुदान, प्राविधिक ज्ञान, सीप र हौसला प्रदान गरेका कारण पालिकामा अहिले पशुपन्छी पालन, फलफूल तथा तरकारी खेती र मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ। धेरै कृषक पालिकाको कृषि कार्यक्रमबाट लाभान्वित भएका छन्। यो एउटा व्यक्तिको मात्र कथा होइन। रघुगंगा गाउँपालिकाभित्र यस्ता अनेक कथाहरू छन् जहाँ कृषि र स्वरोजगारले जीवन बदलेको छ। स्थानीय सरकारको सक्रिय नीति, युवाको मेहनत र समुदायको सहयोगले यस पहाडी गाउँपालिकाको आर्थिक तस्वीर फेरिन थालेको छ।

    गाउँपालिकाका कृषि कार्यक्रम: नीति तथा प्राथमिकता

    रघुगंगा गाउँपालिकाले आयआर्जन र स्वरोजगारको लागि वार्षिक कार्यक्रमअन्तर्गत कृषि तथा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ, जसका कारण उद्यमशीलताको विकास र व्यावसायिक कृषिमा नयाँ जागरण थपिएको छ। पालिकाले कस्ता कार्यक्रम सञ्चालन गरेको छ र बजेट कसरी विनियोजन तथा कार्यान्वयन गरेको छ भन्ने विषयमा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले प्रतिक्रिया दिनुभएको छ। त्यसैगरी कृषि शाखाका प्रमुख श्याम सरन कुर्मीले पनि रघुगंगाको कृषि नीति, यसको प्राथमिकीकरण र रणनीतिका बारेमा आफ्ना धारणा राख्नुभएको छ।

    रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ५० करोड ११ लाख ४० हजार ८२० को बजेट प्रस्तुत गरेको थियो। कृषि, पशुपन्छी, उद्यमशीलता, गरिबसँग विश्वेश्वर तथा प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी तालिकाको आधारमा कृषि तथा पशुपन्छी क्षेत्रका प्रत्यक्ष कार्यक्रमहरूसहित यस क्षेत्रमा करिब ६.६ प्रतिशत बजेट विनियोजन भएको देखिन्छ, जुन ३३ लाख बराबरको रकम हो।

    तालिका १: कृषि कार्यक्रम बजेट विवरण (क्षेत्रगत बजेट सारांश)

    क्षेत्रकुल बजेट (रु.)
    कृषि विकास कार्यक्रम२५,००,०००
    पशुपन्छी विकास कार्यक्रम८,००,०००
    गरिबसँग विश्वेश्वर कार्यक्रम३,२०,०००
    उद्यमशीलता विकास कार्यक्रम९,२०,०००
    प्रधानमन्त्री रोजगार कार्यक्रम४१,४८,०००
    जम्मा८७,८८,०००

    (जम्मा बजेट: रु. ८७ लाख ८८ हजार।)

    एकीकृत कार्यक्रम तथा बजेट विवरण

    क्षेत्रक्र.सं.कार्यक्रम/क्रियाकलापरकम (रु.)
    कृषि विकास१कृषि, पशुपन्छी तथा मत्स्य तथ्याङ्क अध्यावधिक कार्यक्रम५०,०००
    २किसान सूचिकरण कार्यक्रम२,००,०००
    ३कृषि तथा पशु सेवाका एक गाउँ एक प्राविधिकको तलब भत्ता१०,५०,०००
    ४विपद् सचेतना कार्यक्रम१,००,०००
    ५सुन्तलाजात फलफूल बालीको नयाँ पकेट विकास कार्यक्रम सञ्चालन१२,००,०००
    पशुपन्छी विकास६बंगुर प्रवर्द्धन कार्यक्रम३,००,०००
    ७आधारभूत भेटेरिनरी प्रयोगशाला कार्यक्रम४,५०,०००
    ८पशुपन्छीमा महामारी/आकस्मिक रोग नियन्त्रण कार्यक्रम५०,०००
    गरिबसँग विश्वेश्वर९कार्यक्रम लागू भएका स्थानीय तहमा सञ्चालन खर्च१,८५,०००
    १०सामाजिक परिचालकको मसलन्द खर्च१०,०००
    ११सामाजिक परिचालकको पारिश्रमिक१,१५,०००
    १२सामाजिक परिचालकको पोशाक खर्च१०,०००
    उद्यमशीलता विकास१३उद्यम विकास सहजकर्ताहरूको पारिश्रमिक (एकमुष्ट)४,८०,०००
    १४सम्भाव्य उत्पादनको उत्पादकत्व तथा बजार प्रतिस्पर्धी क्षमता वृद्धि गर्न प्रविधि हस्तान्तरण१,५०,०००
    १५नयाँ लघु उद्यमी सिर्जना कार्यक्रम२,४०,०००
    १६स्तरोन्नति तथा पुनर्ताजगी सीप विकास तालिम कार्यक्रम५०,०००
    प्रधानमन्त्री रोजगार१७रोजगार संयोजकको तलब५,६८,०००
    १८श्रमको सम्मान राष्ट्रको अभियानसम्बन्धी क्रियाकलाप सञ्चालन२५,०००
    १९रोजगार सेवा केन्द्र सञ्चालन खर्च१,००,०००
    २०रोजगार आयोजना सञ्चालनका लागि ज्याला रकम३३,२०,०००
    २१वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि उद्यमशीलता प्रवर्द्धन कार्यक्रम१,००,०००
    २२रोजगार संवाद मञ्च सञ्चालन२५,०००
    २३रोजगार संयोजकको पोशाक१०,०००

    यी आँकडाले के देखाउँछन् भने रघुगंगा गाउँपालिकाले कृषिलाई मात्र होइन, यससँगै जोडिएको रोजगार सिर्जना, सीप हस्तान्तरण र विपद् व्यवस्थापनलाई समेत एकीकृत रूपमा हेरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत मात्रै सबैभन्दा ठूलो रकम ४१ लाख ४८ हजार विनियोजन भएको देखिन्छ, जसले स्थानीय स्तरमा ज्यालादारी रोजगारी सिर्जना गर्ने पालिकाको प्राथमिकतालाई स्पष्ट पार्छ।

    स्वरोजगार तथा उद्यमशीलता: युवा स्वरोजगार कार्यक्रम

    रोजगारी, शिक्षा र राम्रो जीवनस्तरको खोजीमा गाउँका युवाहरू खाडी मुलुक तथा अन्य देशतर्फ लागेका कारण स्थानीय कृषि, पशुपालन र साना उद्यमहरू जनशक्तिको अभावमा खस्किँदै गएका छन्। यसले परिवारको सामाजिक संरचना, गाउँको आर्थिक गतिशीलता र स्थानीय स्रोत–साधनको उपयोगमा समेत प्रत्यक्ष असर पुर्‍याएको पाइन्छ। यस्तो अवस्थामा गाउँमै बस्दा पनि मर्यादित र दिगो आम्दानीको अवसर सिर्जना गर्न सकिने वातावरण निर्माण गर्नु स्थानीय सरकारको प्राथमिक दायित्व बनेको छ।

    यही यथार्थलाई आत्मसात गर्दै रघुगंगा गाउँपालिकाले आफ्ना युवाहरूलाई स्थानीय स्तरमै आत्मनिर्भर बनाउने उद्देश्यका साथ युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्दै आएको छ। उद्यमशीलता विकाससम्बन्धी तालिम, सीपमूलक कार्यक्रम र साना व्यवसाय सञ्चालनका लागि प्रोत्साहन जस्ता पहलहरूमार्फत गाउँपालिकाले युवाहरूलाई वैदेशिक रोजगारीको विकल्पका रूपमा स्थानीय उद्यमतर्फ आकर्षित गर्ने प्रयास गरेको छ।

    यसैअन्तर्गत पालिकाले यस वर्ष ५ लाख बराबरको साबुन उत्पादन तालिम वडा नं. १, ४ र ६ मा सञ्चालन गरेको छ। यसलाई थप विस्तार गर्न वडा नं. ५ मा पनि तालिम सञ्चालन भइसकेको छ र हाल प्रविधि हस्तान्तरणको प्रक्रियामा रहेको छ। रघुगंगा गाउँपालिका रोजगार शाखाका अनुसार रु. ६७ लाख ४४ हजार बजेटका ११ वटा योजनाको सम्झौता मध्ये ३ वटा योजना सम्पन्न भई भुक्तानी भइसकेको छ भने बाँकी रहेका योजनाहरू भुक्तानीको प्रक्रियामा छन्।

    वैदेशिक रोजगारबाट फर्किएका वा कतै दुर्घटनामा परी मृत्यु भएका परिवारका सदस्यहरूलाई पुनर्स्थापना गरी उद्यमी बनाउने वा क्षतिपूर्तिको लागि वैदेशिक रोजगार बोर्डमा सिफारिस गर्ने काम पनि पालिकाले गरेको छ। वैदेशिक रोजगारमा गई बिरामी भएर फर्किएका वडा नं. २ का प्रकाश बरुवाललाई अंगभंगबापतको रकमका लागि बोर्डमा सिफारिस गरिएको छ। त्यसैगरी पालिकाभित्रका ५ जनालाई यो आर्थिक वर्षमा निःशुल्क खाना र बसोबाससहित ४ महिने मोबाइल मर्मत तालिम र ३ जनालाई ६ महिने इलेक्ट्रिकल तालिममा सिफारिस गरिएको छ। यसबाहेक अन्य नियमित कार्यहरू पनि भइरहेका छन् भनी सम्बन्धित निकायले जनाएको छ।

    सफल किसान तथा उद्यमीका अनुभव

    रघुगंगा गाउँपालिका वडा नं. २ की ३९ वर्षीया शोभा भण्डारी केसी पहिले परिवारको गुजारा चलाउनकै लागि सानो जमिनमा परम्परागत तरिकाले मकै र आलु मात्र लगाउँदै आएकी थिइन्। “वर्षभरि खेतीमा खटे पनि घरखर्च धान्न मुस्किल हुन्थ्यो, श्रीमान् पनि वैदेशिक रोजगारीमा जाने सोचमा हुनुहुन्थ्यो,” उनी सुनाउँछिन्। गाउँमै आम्दानीको ठोस बाटो नदेखिएपछि धेरै परिवारले जसरी सपना देखेका थिए, त्यसैगरी उनको परिवारले पनि बाहिर पुग्ने सपना देखेको थियो। गाउँपालिकाले सञ्चालन गरेको कृषक प्रोत्साहन कार्यक्रममा आबद्ध भएपछि उनको परिस्थिति फेरिँदै गएको छ, र सज्जन कृषि व्यवसायबाट उनी पनि सन्तुष्ट हुनुहुन्छ।

    तर यसैसँगै उनले पालिकाले बाख्रापालक किसानलाई दिने घाँस अपर्याप्त रहेको गुनासो पनि गर्नुभयो  “२ माना घाँस दिन्छ, त्यो घाँस कति हुन्छ र?” भन्दै उनले भैंसी–बाख्रालाई अलि बढी र प्रोत्साहनमूलक ढंगले घाँस वितरण गरे थप सहज हुने सुझाव दिनुभयो। त्यसैगरी बँदेलपालक कृषक मन बहादुर पुर्जाले पनि पशु बिमा प्रक्रिया झन्झटिलो रहेको र यसलाई सहज बनाइएमा थप किसानले प्रोत्साहन पाउने धारणा राख्नुभयो।

    यी भनाइहरूले के देखाउँछन् भने पालिकाका कार्यक्रमले किसानलाई बाटो देखाएको छ, तर त्यो बाटोलाई अझ फराकिलो र सहज बनाउन अझै ठाउँ बाँकी रहेको पनि स्पष्ट हुन्छ। बजार र पूर्वाधारको कुरामा आइपुग्दा समस्या अझ गाढा देखिन्छ। “खेतमा तरकारी राम्रो भए पनि कुम र भारी बोकेर ओरालो झार्दा आधा त बाटैमा बिग्रिसक्छ,” शोभा भण्डारी केसी बताउँछिन्। गाडी चल्ने सडक नहुँदा ढुवानी खर्च समेत बढी पर्ने भएकाले उत्पादनको लागत नै नउठ्ने अवस्था धेरैपटक आइपरेको उनको गुनासो छ। वर्षायाममा त बाटो पूरै चिप्लो र अवरुद्ध हुने भएकाले महिनौं उत्पादन घरमै थन्किनुपर्ने बाध्यता रहेको उनी सुनाउँछिन्।

    यद्यपि गाउँपालिकाले हाल वडासम्म जोड्ने ग्राभेल सडक स्तरोन्नतिको काम क्रमशः अघि बढाउँदै आएको छ, जसको केही खण्ड निर्माण सम्पन्न भइसकेको र बाँकी भाग आगामी आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको छ। स्थानीयवासीहरूका अनुसार सडक पूर्वाधार पूर्ण रूपमा सुधार भएमा मात्र उत्पादनलाई समयमै बजारसम्म पुर्‍याई किसानले वास्तविक आर्थिक लाभ लिन सक्ने अवस्था बन्नेछ। यी अनुभवहरूले स्पष्ट पार्छन्: कृषि र पशुपालनमा गाउँपालिकाको सहयोगले धेरै परिवारलाई बाँच्ने आधार दिएको छ, तर त्यो आधार पूर्ण रूपमा बलियो बन्नका लागि घाँस वितरण व्यवस्था, पशु बिमा प्रक्रिया र सडक पूर्वाधार जस्ता क्षेत्रमा अझै सुधार आवश्यक रहेको कुरामा किसानहरू सहमत छन्।

    भविष्यका योजना

    गाउँपालिकाका हालका समस्या तथा आवश्यकताबारे बुझ्न गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीसँग गरिएको अन्तर्वार्तामा उहाँले आगामी दिनमा कृषि, उद्यमशीलता र महिला सशक्तीकरणलाई गाउँपालिकाको प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो। “हामीले विगतमा सञ्चालन गरेका कार्यक्रमबाट सकारात्मक नतिजा देखिएको छ, अब त्यसलाई थप संस्थागत र विस्तार गर्ने योजनामा छौं,” उहाँ भन्नुहुन्छ। आगामी आर्थिक वर्षदेखि सिँचाइ पूर्वाधार विस्तार, सडक स्तरोन्नति र कृषि उत्पादन बजारीकरणलाई एकीकृत रूपमा अघि बढाउने उहाँको भनाइ छ, जसका लागि छुट्टै बजेट विनियोजन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो।

    कृषि शाखा प्रमुखका अनुसार आगामी वर्ष प्रत्येक वडामा कम्तीमा एक कृषि प्राविधिक तोक्ने, थोपा सिँचाइ प्रणाली विस्तार गर्ने र आधुनिक प्रविधिसम्बन्धी थप तालिम सञ्चालन गर्ने लक्ष्य राखिएको छ। “किसानको आम्दानी दोब्बर बनाउने राष्ट्रिय लक्ष्यलाई आधार मानेर हामीले वडागत रूपमा उत्पादन तथा बजारीकरण योजना तयार गरिरहेका छौं,” उनी बताउँछिन्। साथै युवा तथा महिला लक्षित स्वरोजगार र उद्यमशीलता कार्यक्रमलाई पनि निरन्तरता दिँदै सहभागी संख्या क्रमशः बढाउने योजना रहेको सम्बन्धित अधिकारीहरूले जनाएका छन्।

    यी योजनाहरूले आशा त बाँध्छन्, तर यिनको साकार रूप कति प्रभावकारी हुन्छ भन्ने कुरा भने सडक, सिँचाइ र पशु सेवा जस्ता आधारभूत संरचना समयमै पूरा हुने वा नहुने माथि नै निर्भर रहनेछ जुन कुरा किसानहरूले बारम्बार उठाएको गुनासो हो। परिवर्तन पनि चलिरहेको छ: वैदेशिक रोजगार, बसाइँसराइ र शिक्षाको खोजीमा युवाशक्ति बिस्तारै गाउँ छोड्दै गएको छ। खेतबारी जोत्ने हातहरू कम हुँदै गएका छन्, र त्यसको प्रत्यक्ष असर स्थानीय अर्थतन्त्रमा पर्न थालेको छ।

    तैपनि रघुगंगाको माटोले अझै आशा बोकेको छ। यहाँको हावापानी कृषिका लागि अनुकूल मानिन्छ सुन्तला, कागती, आलु, मकै, कोदो, तरकारी र फलफूलदेखि मौरीपालनसम्मको सम्भावना यहाँ छ। सुन्तला उत्पादनका लागि पकेट क्षेत्र विकास कार्यक्रम पहिले नै सञ्चालनमा छ। गाई, भैंसी, बाख्रा, भेडा र बंगुरका साथै उच्च पहाडी भेगमा भेडा–च्याङ्ग्रा पालनको सम्भावना समेत यहाँको पशुपालन अर्थतन्त्रलाई बलियो बनाउन सक्छ।

    गाउँपालिकाको अर्थतन्त्र हाल मुख्यतः कृषि, पशुपालन, वैदेशिक रोजगारबाट आउने विप्रेषण र साना व्यापारमा अडिएको छ। प्रश्न यत्ति हो यी सम्भावनालाई वास्तविक आम्दानी र दिगो रोजगारीमा कसरी रूपान्तरण गर्ने? यसैको जवाफ खोज्दै गाउँपालिकाले कृषि, पशुपालन, पर्यटन, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै आएको छ।

    निष्कर्ष

    रघुगंगा गाउँपालिकाले कृषि र स्वरोजगारमार्फत स्थानीय अर्थतन्त्र बलियो पार्ने अभियान जारी राखेको छ। कृषि अनुदान, सीपमूलक तालिम र उद्यमशीलता कार्यक्रमले युवाहरूलाई गाउँमै रोक्न र आम्दानी बढाउन टेवा पुर्‍याएको छ। मन बहादुर पुर्जाको बँदेलपालन र शोभा भण्डारी केसीको कृषि उद्यम जस्ता थुप्रै कथाले देखाउँछन् विदेशिनुभन्दा गाउँमै बसेर पनि मर्यादित जीविका सम्भव छ, यदि सही साथ र अवसर मिल्यो भने।

    तर यी सफलताका कथाहरूले गाउँको पूरा यथार्थलाई ढाक्न मिल्दैन। घाँस वितरणको अपर्याप्तता, पशु बिमाको झन्झटिलो प्रक्रिया, र सबैभन्दा बढी गाह्रो बनेको सडक पूर्वाधारको अभावले उत्पादन बजारसम्म पुर्‍याउने किसानको आधा मेहनत बाटैमा खेर फाल्ने गरेको छ। वर्षायाममा महिनौं उत्पादन घरमै थन्किनुपर्ने बाध्यता र ढुवानी लागतले उत्पादन लागत नै नउठ्ने अवस्था ल्याइदिँदा किसानको उत्साह कमजोर बन्न पुग्छ।

    यसरी हेर्दा रघुगंगाको कथा न पूर्ण सफलताको हो, न पूर्ण संघर्षको यो हो बिस्तारै आकार लिँदै गरेको परिवर्तनको कथा, जहाँ स्थानीय सरकारको नीतिगत प्रतिबद्धता र किसानको परिश्रमले एउटा बाटो त खोलिदिएको छ, तर त्यो बाटोलाई गन्तव्यसम्म पुर्‍याउन सडक, सिँचाइ, पशु सेवा र बजार पहुँच जस्ता आधारभूत पूर्वाधारमा अझै लगानी र तदारुकता चाहिन्छ। पालिकाले देखाएको प्रतिबद्धता र किसानले उठाएका गुनासा दुवैलाई गम्भीरतापूर्वक लिँदै अघि बढ्ने हो भने, रघुगंगाको माटोले बोकेको आशा साँच्चै फल्न सक्छ।

    रघुगंगा गाउँपालिकाकाे मिडिया फेलाेशिप प्राप्त ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ५ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ६ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी


  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ५ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ५ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ६ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution