

बेनी, असार-६, नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाका अवसरमा शाखालाई जग्गा प्रदान गर्ने पूर्व सभापति ध्रुवलाल शर्मालाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको छ।
यसैगरी, उहाँको परिवारलाई ‘य संस्कार सदस्यता’ प्रदान गर्दै छोरा प्रमोद शर्मा, विनोद शर्मा तथा श्रीमती श्रीहरि शर्मालाई पनि शाखाले सम्मान गरेको छ। रेडक्रसको विकास र संस्थागत योगदानको उच्च मूल्याङ्कन गर्दै परिवारलाई सम्मान गरिएको शाखाले जनाएको छ।

कार्यक्रममा उत्कृष्ट शाखाको रूपमा दरबांग उपशाखा सम्मानित भएको छ भने सदस्यता वृद्धि प्रोत्साहन पुरस्कार दरबांग साझेदारी परियोजना सिङ्गालाई नगद पाँच हजार रुपैयाँ र सम्मानपत्रसहित प्रदान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले रेडक्रसमा आबद्ध हुनु भनेको आफूलाई अनुशासित बनाउँदै सामाजिक सेवामा समर्पित हुनु भएको बताउनुभयो। उहाँले आफू आज नगर प्रमुखजस्तो जिम्मेवार पदमा निर्वाचित हुन पनि रेडक्रसमार्फत गरेको सामाजिक सेवाको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो।
सम्मानित व्यक्तित्व ध्रुवलाल शर्माले रेडक्रसजस्तो पवित्र संस्थामा राजनीतिक हस्तक्षेप बढ्दै गएपछि आफू संस्थाबाट बाहिरिनुपरेको अनुभव सुनाउनुभयो।

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपसभापति विष्णु कुमारी रोकाको स्वागत मन्तव्य, मन्त्री यामबहादुर चोखालको सञ्चालन तथा सभापति अमर बानियाँको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )