

म्याग्दी, असार -६, म्याग्दीको मालिका गाउँपालिकामा बुधबार शैक्षिक सुधारका लागि पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न भएको छ।
गूड नेबर्स इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोग, मालिका गाउँपालिकाको समन्वय तथा संगम म्याग्दीको आयोजनामा सम्पन्न कार्यक्रममा पालिकाभित्रको शैक्षिक अवस्था, सिकाइ उपलब्धि तथा सुधारका सम्भावनाबारे व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा सहजकर्ता अशोक रिजालले कक्षा ५, ८ र १० को वार्षिक परीक्षाको नतिजा विश्लेषण प्रस्तुत गर्दै विद्यार्थीको सिकाइ उपलब्धि, सबल पक्ष, कमजोर पक्ष तथा सुधार गर्न सकिने क्षेत्रबारे जानकारी दिनुभएको थियो। उहाँले शिक्षा क्षेत्रमा सरोकारवालाको भूमिका र जिम्मेवारीबारे समेत प्रस्तुतीकरण गर्नुभएको थियो।
त्यसैगरी, गूड नेबर्स इन्टरनेसनलका क्लस्टर संयोजक रञ्जितकुमार चौधरीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा मालिका गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक तथा अभिभावक संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
संगम म्याग्दीद्वारा सञ्चालित गूड नेबर्स इन्टरनेसनलका कार्यक्रम संयोजक प्रकाश रेग्मीले सञ्चालन गर्नुभएको कार्यक्रममा संगम म्याग्दीका उपाध्यक्ष तथा कार्यक्रम फोकल पर्सन देवी जिसी सुबेदीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।
शैक्षिक गुणस्तर अभिवृद्धि तथा सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यसहित आयोजित संवाद कार्यक्रममा सहभागीहरूले विद्यालय शिक्षामा देखिएका चुनौती समाधानका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )