

बेनी, जेठ-२७, जिल्ला प्रहरी कार्यालय म्याग्दीले अवैध रूपमा लुकाई–छिपाई राखिएका आठ थान भरुवा बन्दुक बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय मातहतको अस्थायी प्रहरी पोस्ट चिमखोलाबाट खटिएको प्रहरी टोलीले रघुगंगा गाउँपालिका–७ फेदिवनस्थित जंगल क्षेत्रमा बेवारिसे अवस्थामा लुकाएर राखिएका एकनाले भरुवा बन्दुक आठ थान फेला पारेको हो।

प्रहरीले बरामद गरिएका बन्दुकहरू नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
यससँगै जिल्ला प्रहरी कार्यालय म्याग्दीले हालसम्म बरामद गरेका अवैध हतियारको संख्या एक सय ५० पुगेको छ। घटनाबारे जानकारी दिँदै प्रहरी सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले अवैध हतियार नियन्त्रण तथा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन प्रहरीको अभियान निरन्तर जारी रहेको बताउनुभयो। जिल्ला प्रहरी कार्यालय म्याग्दीले मिति २०८३ माघ २७ गते उक्त विवरण सार्वजनिक गरेको हो।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )