

बेनी, जेठ-१८, म्याग्दीको धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। संगम म्याग्दीको समन्वय तथा हेम नमूना आवासीय माध्यमिक विद्यालय, सिवाङको आयोजनामा “सामाजिक संजाल अवसर र चुनौती ” विषयमा सम्पन्न प्रतियोगितामा हेम माध्यमिक विद्यालय सिवाङ, किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालय, ताकम माध्यमिक विद्यालय, खोरिया आधारभूत विद्यालयलगायत पाँच वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा समन्वयकारी संस्थाका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, गाउँपालिकाका जनप्रतिनिधि, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरकुमारी बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष अशोक खत्री प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। विद्यालयका प्रधानाध्यापक शेरबहादुर केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक नेत्र सुवेदीले गर्नुभएको थियो।
सो अवसरमा संगम म्याग्दीका कार्यकारी निर्देशक दीपक पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीहरूको वक्तृत्व क्षमता विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।

प्रतियोगितामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम, ताकम माध्यमिक विद्यालयका पलपल जीसी द्वितीय तथा हेम माध्यमिक विद्यालय सिवाङका नयन सुवेदी तृतीय हुनुभएको छ। त्यसैगरी, खोरिया आधारभूत विद्यालयका सन्देश पाइजा र चन्द्रज्योति विद्यालयका रिकेश सिर्पालीले सान्त्वना स्थान हासिल गर्नुभएको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम भएकी रिया आचार्य संगम म्याग्दीद्वारा संचालित बाल बिबाह न्यूनीकरण परियोजना अन्तर्गत किशोर किशोरी समुहको अध्यक्ष समेत रहेकी छिन ।
विजेताहरूलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो भने सान्त्वना स्थान हासिल गर्ने दुई जनालाई जनही एक–एक हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )