• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २५, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सीमाना, संवेदना र जिम्मेवारी

५ दिन अघि
२

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

६ दिन अघि
३

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
४

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
५

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

१ हफ्ता अघि
६

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

३ हफ्ता अघि
७

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

३ हफ्ता अघि
८

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

३ हफ्ता अघि
९

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
१०

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
११

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि
१२

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८३ जेष्ठ १६, शनिबार (१ हफ्ता अघि)

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

तस्विर : जलजला अनलाइन

  • ८४ पटक पढिएको
  • देवी सुबेदी जिसी/जेठ-१६,बेनी,  म्याग्दीको सदरमुकाम बेनीमा आठौं राष्ट्रिय महिला अधिकार दिवस–२०८३ मनाइँदा महिलाको अधिकार, आत्मनिर्भरता र समृद्धिको विषयसँगै डिजिटल सुरक्षा र अनलाइन ठगीको जोखिम पनि प्रमुख बहसको विषय बन्यो। “महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा सहभागीहरूले अधिकारको उपयोगसँगै प्रविधिको सुरक्षित प्रयोग अपरिहार्य रहेको निष्कर्ष निकाले।

    आजको युगमा सामाजिक सञ्जाल र डिजिटल प्रविधि हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनेका छन्। सूचना आदान–प्रदानदेखि व्यवसाय, शिक्षा र मनोरञ्जनसम्मका क्षेत्रमा यसको प्रयोग बढ्दो छ। तर प्रविधिको यही सहज पहुँचले साइबर अपराध, अनलाइन ठगी र डिजिटल हिंसाका चुनौती पनि सँगै ल्याएको छ। विशेषगरी महिला तथा किशोरीहरू यस्ता अपराधको बढी जोखिममा पर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सीनाले पछिल्लो समय फेसबुक मनिटाइजेसन, अनलाइन पुरस्कार, बैंकिङ सेवा तथा विभिन्न आकर्षक प्रस्तावका नाममा हुने ठगीका घटनाहरू बढ्दै गएको बताउनुभयो। उहाँका अनुसार ठगी गर्ने समूहहरूले स्क्रिन सेयरिङ, एनिडेस्कजस्ता एप्लिकेशनको प्रयोग गरी मोबाइल वा कम्प्युटरको पहुँच लिएर बैंक खाता र व्यक्तिगत विवरण चोरी गर्ने गरेका छन्।

    “केवाईसी अपडेट गर्नुपर्छ”, “तपाईंलाई आईफोन परेको छ”, “विदेशबाट उपहार आएको छ” वा “पार्सल रोकिएको छ” जस्ता बहानामा ठगी गर्ने प्रवृत्ति बढेकाले नागरिकहरू विशेष सचेत हुन आवश्यक छ,” उहाँले भन्नुभयो। व्यक्तिगत विवरण, ओटिपी तथा बैंकसम्बन्धी जानकारी कसैलाई पनि नदिन उहाँले आग्रह गर्नुभयो।

    त्यस्तै पत्रकार तथा जलजला अनलाइन डटकमका सञ्चालक–सम्पादक कृष्णबहादुर जिसीले सामाजिक सञ्जालको जिम्मेवार प्रयोगबारे जानकारी गराउँदै फेसबुक तथा अन्य प्लेटफर्महरूमा देखिने सबै विज्ञापन विश्वसनीय नहुने बताउनुभयो। आकर्षक अफर, पुरस्कार वा लगानीका नाममा आउने विज्ञापनमा क्लिक गर्दा व्यक्तिगत सूचना चोरी हुन सक्ने भएकाले प्रयोगकर्ताले सचेत हुनुपर्ने उहाँको सुझाव थियो।

    सामाजिक सञ्जालमा अनावश्यक व्यक्तिगत तथा पारिवारिक विवरण सार्वजनिक गर्दा त्यसको दुरुपयोग हुन सक्ने भएकाले गोपनीयता सेटिङको प्रयोग गर्नुपर्ने आवश्यकता पनि उहाँले औंल्याउनुभयो। डिजिटल संसारमा सुरक्षा केवल प्रविधिको विषय नभई व्यक्तिगत व्यवहार र सचेतनासँग जोडिएको विषय भएको उहाँको भनाइ थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले महिला अधिकारको संरक्षणका लागि आर्थिक सशक्तीकरण र डिजिटल साक्षरता दुवै आवश्यक रहेको बताउनुभयो। उहाँले कार्यक्रममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न सके मात्र यस्ता सचेतनामूलक कार्यक्रमको सार्थकता रहने उल्लेख गर्नुभयो।

    बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले संविधान र कानुनले सुनिश्चित गरेका अधिकारको पूर्ण उपयोग गर्न महिलाहरू अग्रसर हुनुपर्ने बताउनुभयो। स्थानीय तहदेखि संघीय संरचनासम्म महिलाको सहभागिता बढ्दै गएको उल्लेख गर्दै उहाँले अधिकारको प्राप्तिसँगै त्यसको प्रभावकारी उपयोग पनि उत्तिकै महत्वपूर्ण रहेको धारणा राख्नुभयो।

    अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन र एनसिई नेपालका उपाध्यक्ष दिलमाया बिटालुले डिजिटल हिंसा तथा अनलाइन ठगीबाट बच्न महिलाहरू स्वयं सचेत र आत्मविश्वासी बन्नुपर्नेमा जोड दिनुभयो। उनीहरूको भनाइमा अधिकारको रक्षा केवल कानुनी व्यवस्थाले मात्र सम्भव हुँदैन, त्यसका लागि व्यक्तिमा ज्ञान, चेतना र आत्मनिर्भरता पनि आवश्यक हुन्छ।

    वि.सं. २०६३ जेठ १६ गते पुनःस्थापित प्रतिनिधिसभाले महिलाको अधिकारसँग सम्बन्धित चार ऐतिहासिक प्रस्ताव पारित गरेको स्मरणमा मनाइने राष्ट्रिय महिला अधिकार दिवसले यस वर्ष पनि समानता, सहभागिता र सुरक्षाको सन्देश दिएको छ। आमा वा बुबामध्ये एक जनाको नामबाट नागरिकता प्राप्त गर्ने अधिकारदेखि राज्यका सबै संरचनामा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्थासम्मका उपलब्धिहरूले महिलाको सशक्तीकरणको आधार तयार गरेका छन्।

    तर अधिकारको यात्रा केवल कानुनी व्यवस्थामा सीमित छैन। डिजिटल युगमा महिलाको सुरक्षा, गोपनीयता र सम्मान सुनिश्चित गर्न साइबर सचेतना पनि उत्तिकै आवश्यक छ। अधिकार र प्रविधि दुवैको सही उपयोग गर्न सके मात्रै आत्मनिर्भर, सुरक्षित र समृद्ध समाज निर्माणको अभियान सफल बन्न सक्छ।

    प्रतिक्रिया दिनुहोस
    राष्ट्रिय सम्बन्धि थप
    १ हफ्ता अघि

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

    १ महिना अघि

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

    १ महिना अघि

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न


  • २ महिना अघि

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

  • २ महिना अघि

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

  • ३ महिना अघि

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे

  • ३ महिना अघि

    मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी

  • समाचार
  • १

    सीमाना, संवेदना र जिम्मेवारी
    ५ दिन अघि

  • २

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    ६ दिन अघि

  • ३

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ४

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ५

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    १ हफ्ता अघि

  • ६

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ३ हफ्ता अघि

  • ७

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ३ हफ्ता अघि

  • ८

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ३ हफ्ता अघि

  • ९

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • १०

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution