कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीय हिमालयन आमा समूह चिमखोलाले अतिथिहरूलाई स्वागत तथा सत्कार गर्नुका साथै सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो। कार्यक्रममा विभिन्न वर्ग तथा समुदायका नागरिकहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।






















