

देवी जिसी /बेनी, फागुन-६, म्याग्दी जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरूलाई लक्षित गर्दै आत्मरक्षा सम्बन्धी चार दिने तालिम आजदेखि बेनीमा सुरु भएको छ।

संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा फागुन ६ गतेदेखि सञ्चालन भएको उक्त तालिम चार दिनसम्म संचालन हुनेछ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सेनाले तालिममा सिकाइने सिपको बारेमा बिस्तृत जानकारी प्रदान गर्नुभएको थियो ।

त्यसैगरी संगम म्याग्दीका कार्यक्रम निर्देशक दिपक पौडेलले संगम म्याग्दीको स्थापनाकालदेखी संस्थाले गरेका कामको बारेमा संक्षिप्त जानाकारे गरेऔनुभेको थियो ।
तालिममा १७ जना किशोरी तथा संगम म्याग्दीका ७ जना कर्मचारी गरी कुल २४ जनाको सहभागिता रहेको छ। किशोरीहरूलाई आत्मरक्षाका आधारभूत सीपहरू प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको तालिम फागुन ९ गतेसम्म सञ्चालन हुनेछ।

तालिमका क्रममा जुडो र कराँतेमा दक्षता प्राप्त प्रहरी कर्मचारीहरूले सहभागीलाई व्यवहारिक अभ्याससहित प्रशिक्षण प्रदान गरिरहेका छन्। किशोरीहरूलाई आत्मविश्वासी, सुरक्षित र सचेत बनाउन तालिम प्रभावकारी हुने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ।
आत्मरक्षा सम्बन्धी यस्ता कार्यक्रमले किशोरीहरूलाई सम्भावित जोखिमबाट जोगिन आवश्यक सीप र आत्मबल प्रदान गर्ने अपेक्षा गरिएको छ।













जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )