

बेनी, माघ-२६, म्याग्दीको पात्लेखेतस्थित दीपक माध्यमिक विद्यालयको ६७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय नृत्य प्रतियोगितामा बेनीस्थित न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ।
आइतबार सम्पन्न प्रतियोगितामा न्यु वेष्ट पोइन्टले उत्कृष्ट नृत्य प्रस्तुति दिँदै शीर्ष स्थान हासिल गरेको हो। प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय, बेनी द्वितीय तथा बेनी सामुदायिक माध्यमिक विद्यालय तृतीय भएका छन् भने आयोजक दीपक माध्यमिक विद्यालय सान्त्वना स्थान प्राप्त गर्न सफल भएको छ।

प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। प्रथम हुने विद्यालयलाई १५ हजार रुपैयाँ, द्वितीयलाई १० हजार रुपैयाँ, तृतीयलाई ७ हजार रुपैयाँ तथा सान्त्वना हुने विद्यालयलाई ४ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

यसैबीच, ६७औँ वार्षिकोत्सव मनाइरहेको दीपक माध्यमिक विद्यालयले शैक्षिक गुणस्तरमा पनि उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। विद्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको थियो। वार्षिकोत्सवको अवसरमा नृत्य प्रतियोगितासहित विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरू आयोजना गरी कार्यक्रम भव्य रूपमा मनाइएको विद्यालयले जानकारी दिएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षाप्रेमी, अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )