• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र १, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

८ घण्टा अघि
२

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

१ दिन अघि
३

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

१ दिन अघि
४

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
५

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
६

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

२ हफ्ता अघि
७

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

२ हफ्ता अघि
८

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

२ हफ्ता अघि
९

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
१०

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
११

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
१२

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ माघ १८, आईतबार (६ महिना अघि)

जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन

तस्विर : कृष्ण जिसी

  • ४०४ पटक पढिएको
  • जलजला, माघ -१८, पर्वतको जलजला गाउँपालिकाले आइतबार गाउँपालिकाको केन्द्र लामाखेतामा नतिजा विश्लेषण, विद्यार्थी सम्मान, शिक्षक सम्मान तथा स्थानीय पाठ्यपुस्तक विमोचन कार्यक्रम सम्पन्न गरेको छ।

    कार्यक्रममा गाउँपालिकाले सञ्चालन गरेको वार्षिक परीक्षा २०८१ को पुरस्कार वितरण, प्रथम तथा दोस्रो त्रैमासिक परीक्षाको नतिजा विश्लेषण तथा SEE परीक्षा २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, विद्यालय र विषय शिक्षकहरूलाई सम्मान गरिएको थियो।

    त्यसैगरी, वार्षिक परीक्षामा कक्षा १ देखि ९ सम्म पालिकाभरका उत्कृष्ट प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको छ।

    कार्यक्रमकै अवसरमा जलजला गाउँपालिकाले यसै शैक्षिक सत्रदेखि लागू गरेको कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यपुस्तक औपचारिक रूपमा विमोचन गरिएको छ। गाउँपालिकाका अनुसार कक्षा १–३ का पाठ्यपुस्तक शैक्षिक सत्रको सुरुवातमै, कक्षा ४–५ का असोज महिनामा र कक्षा ६–८ का मंसिर महिनामा विद्यार्थीहरूलाई उपलब्ध गराइएको थियो।

    गत भदौ महिनामै विमोचन गर्ने तयारी भए पनि ‘जेन जी आन्दोलन’ का कारण कार्यक्रम स्थगित भएको र हाल सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ।

    कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मोतिलाल चपाईंले जलजला गाउँपालिकाले शिक्षाक्षेत्रमा गरेको लगानीलाई परिणाममुखी बनाउन शिक्षकहरू प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो।

    स्थानीय पाठ्यपुस्तकको सन्दर्भमा टिप्पणी गर्दै शिक्षाका लागि सामाजिक अभियान नेपाल (NCE Nepal) का प्रतिनिधि गोविन्द पहारीले जलजला गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागू गरी तयार गरेको पाठ्यपुस्तकले स्थानीय ज्ञान, सीप, पर्यटन, धार्मिक तथा सांस्कृतिक पक्षलाई समेटेको उल्लेख गर्दै यसलाई उत्कृष्ट प्रयासको रूपमा प्रशंसा गर्नुभयो। उहाँले पाठ्यपुस्तकमा केही प्राविधिक त्रुटि भए पनि सुधार गर्दै शिक्षकहरूले सहजीकरण गर्नुपर्ने सुझाव दिनुभयो।

    शिक्षा अधिकृत टंकनाथ पौडेलले SEE, वार्षिक परीक्षा तथा त्रैमासिक परीक्षाको पालिकाभरिका विद्यालयहरूको नतिजा विश्लेषणात्मक रूपमा प्रस्तुत गर्नुभएको थियो।

    कार्यक्रममा पेशागत संघ–संगठनका प्रतिनिधि, पाठ्यपुस्तक प्रकाशन मण्डलका संयोजक कृष्णप्रसाद रेग्मी तथा जलजला गाउँकार्यपालिका सदस्य भीमसेनबहादुर बराइलीले मन्तव्य व्यक्त गर्नुभएको थियो।

    कार्यक्रममा पुस्तक प्रकाशन मण्डल, SEE २०८२ मा उत्कृष्ट GPA प्राप्त गर्ने विद्यालय, शिक्षक तथा विद्यार्थी, विषयगत रूपमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शिक्षक, तल्लो दरबन्दीमा रहेर पनि माथिल्लो कक्षामा अध्यापन गरी विद्यालयको शैक्षिक गुणस्तरमा योगदान पुर्‍याउने शिक्षकहरूलाई सम्मान गरिएको थियो।

    त्यसैगरी, सेवा निवृत्त तथा लामो समयसम्म शिक्षण सेवामा योगदान पुर्‍याएका शिक्षकहरूलाई दीर्घ सेवा सम्मान (दोसल्ला र सम्मानपत्र) प्रदान गरिएको थियो।

    वर्ष २०८२ मा संस्थागत तर्फ मल्लाजस्थित अमृत आदर्श प्याराडाइज एकेडेमी र सामुदायिक तर्फ नाग्लीबाङस्थित जनकल्याण माध्यमिक विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन्।

    त्यस्तै, ग्राम प्रकाश माध्यमिक विद्यालय, विद्याज्योति माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालय औसत अंकका आधारमा जिल्लास्तरीय रूपमा समेत सम्मानित भएका छन्।

    कार्यक्रम जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यको अध्यक्षतामा तथा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख देवी शर्मा रिजालको सञ्चालनमा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई आकर्षक बनाएका थिए।

     

    प्रतिक्रिया दिनुहोस
    शैक्षिक सम्बन्धि थप
    १ महिना अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

    १ महिना अघि

    मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

    १ महिना अघि

    झिँ र पाखापानीका विद्यार्थीलाई “साइबर अपराध र सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे” सचेतना


  • १ महिना अघि

    लगातार उत्कृष्टताको यात्रामा न्यू वेस्ट पोइन्ट : कक्षा १२ मा फेरि जिल्ला प्रथम

  • २ महिना अघि

    म्याग्दीका शिक्षाप्रेमी शिवनारायण फगामी ‘शिक्षा सेवा पुरस्कार’बाट अभिनन्दित

  • ३ महिना अघि

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

  • ३ महिना अघि

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

  • समाचार
  • १

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ८ घण्टा अघि

  • २

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    १ दिन अघि

  • ३

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    १ दिन अघि

  • ४

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • ५

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ६

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    २ हफ्ता अघि

  • ७

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    २ हफ्ता अघि

  • ८

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    २ हफ्ता अघि

  • ९

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • १०

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution