

म्याग्दी, माघ-५, नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट उपसभापति कर्णबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपाली कांग्रेस बेनी नगर सभापति रविन्द्र कार्कीका अनुसार काठमाण्डौमा सम्पन्न छलफल तथा भेलाबाट म्याग्दी कांग्रेस एकजुट हुँदै सर्वसम्मत रूपमा भण्डारीलाई उम्मेदवार बनाउने सहमति भएको हो।
यसअघि पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठकले प्रत्यक्षतर्फ जिल्ला सभापति तथा निवर्तमान उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’ र उपसभापति भण्डारीको नाम सिफारिस गरेको थियो।
केन्द्रीय सदस्य रेशमबहादुर बानियाँले संसदीय बोर्ड गठन भइसकेकाले सोमबार बेलुकीसम्म उम्मेदवारको अन्तिम टुंगो लाग्ने जानकारी दिनुभयो। उपसभापति भण्डारीलाई उम्मेदवार बनाउन सभापति गर्बुजाको समेत समर्थन रहेको बताइएको छ।
मंगलबार उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले नेपाली कांग्रेसले धमाधम उम्मेदवारको नाम टुंगो लगाउने क्रम जारी राखेको छ।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )