

म्याग्दी, माघ-४, म्याग्दीको धवलागिरी गाउँपालिका–७ सिवाङ झिनडाँडामा गएराति धारिलो हतियार प्रहारबाट एक युवतीको हत्या भएको छ।
अन्दाजी २० वर्षीया पुनमायाँ विकमाथि शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो।
प्रहरीका अनुसार राति करिब साढे १० बजे घरबाहिर एक्कासी पछाडिबाट आक्रमण भएको थियो। गम्भीर घाइते अवस्थामा विक घरभित्र प्रवेश गर्नुभएको र तत्काल उद्धार गरी प्रादेशिक अस्पताल बेनी लगिएको थियो। उपचारकै क्रममा बिहान २ बजेर २० मिनेटमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका हुन्।
घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको छ। हत्या घटनामा संलग्न व्यक्तिको खोजीकार्य तीव्र पारिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक विकको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने तयारी छ।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )