

म्याग्दी, माघ-४, नेकपा एमाले म्याग्दीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। शनिबार बसेको पार्टीको सचिवालय बैठकले म्याग्दीबाट हरिकृष्ण श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो।
पार्टीमा दुई कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका श्रेष्ठ लामो समयदेखि लाभको पदबाट टाढा रहँदै आउनुभएको छ। उहाँ २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा २० हजार १८९ मत प्राप्त गर्दै उपविजेता बन्नुभएको थियो।
राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय श्रेष्ठ हाल नेकपा एमाले केन्द्रीय कमिटीको सदस्य समेत रहनुभएको छ।













जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )