

म्याग्दी, पुष-२९, बेनी नगरपालिका–७ का स्थानीय बुद्धिजीवी, संस्कृतिकर्मी तथा समाजसेवी स्वर्गीय लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ। लक्ष्मीप्रसाद श्रेष्ठको सम्झनामा उहाँका छोरा, छोरी र बुहारीले “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान” स्थापना गरी सामाजिक योगदानको परम्परालाई निरन्तरता दिनुभएको हो।

यस अक्षयकोषबाट हरेक वर्ष म्याग्दी जिल्लाको सामाजिक, शैक्षिक तथा राजनीतिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिँदै आएको छ। यस वर्ष शिक्षाप्रेमी समाजसेवी गोपालनारायण श्रेष्ठ, भीमप्रसाद गौचन र शिवनारायण फागामीलाई अभिनन्दनसहित माल्यार्पण गरी सम्मान गरिएको छ।
समाजसेवा, शिक्षा र संस्कृतिको संरक्षणमा सक्रिय रहनु भएका लक्ष्मीप्रसाद श्रेष्ठ र पुर्णदेवीको भावनाबाट प्रेरित भएर अक्षयकोष स्थापना गरिएको जेष्ठराज श्रेष्ठले जानकारी दिनुभयो। स्वर्गीय पुर्णदेवीको वि.सं. २०१७ पुष २८ गते र लक्ष्मीप्रसाद श्रेष्ठको वि.सं. २०६५ पुष ३ गते निधन भएको थियो।













जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )