

म्याग्दी, पुष-२२, म्याग्दीका मुख्य राजनीतिक दलहरू आगामी फागुन २१ गते हुने आम निर्वाचनको तयारीमा जुटिरहेका छन्। यसैक्रममा नेकपा एमालेले मंगला गाउँपालिकामा विस्तारित बैठक सोमबार सम्पन्न गरेको छ। बैठकमा एमालेकी केन्द्रीय सदस्य नरदेवी पुनको प्रमुख आतिथ्यता रहेको थियो।


बैठकले मंगला गाउँपालिकाका पाँचवटै वडामा विस्तारित भेला आयोजना गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष याम थापाले जानकारी दिनुभयो। अध्यक्ष थापाका अनुसार वडा नम्बर १ देखि ५ सम्मै चुनाव केन्द्रित योजना निर्माण गरी पार्टी अभियान अघि बढाइनेछ।
सोमबार सम्पन्न गाउँपालिका बैठकमा एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्यका प्रस्तावित उम्मेदवार हरिकृष्ण श्रेष्ठ, जिल्ला कमिटी अध्यक्ष बालकृष्ण सुवेदी, उपाध्यक्ष प्रमोद श्रेष्ठ, सचिव थमसरा पुन, उपसचिव सतप्रसाद रोका लगायतका नेताहरूले आफ्नो धारणा राख्नुभएको थियो।

त्यस्तै, प्रतिनिधिसभा सदस्यका प्रस्तावित उम्मेदवार प्रकाश पौडेल, क्युपेक नेपालकी केन्द्रीय सचिव तथा प्रस्तावित उम्मेदवार बलादेवी राई, साथै बलादेवी राई लगायतका नेताहरूले पनि बैठकलाई सम्बोधन गर्नुभएको एमाले गाउँपालिका कमिटी सचिव राजु पाण्डेले बताउनुभयो।
निर्वाचनलाई लक्षित गर्दै पार्टीले विभिन्न उपसमितिहरू समेत गठन गरेको छ। गाउँपालिका उपाध्यक्ष चिरञ्जीवि शर्माको संयोजकत्वमा प्रचार–प्रसार समिति, सचिव राजु पाण्डेको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, स्वयंसेवक परिचालन संयोजकमा किशोर कँडेललाई चयन गरिएको छ।
त्यस्तै, सचिवालय व्यवस्थापनको जिम्मा गाउँपालिका अध्यक्ष याम थापाले नै सम्हाल्नुहुनेछ। नेकपा एमालेले यस अभियानमार्फत चुनावी तयारीलाई थप सशक्त बनाउने जनाएको छ।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )