

देवी जिसी/पुष-१८, गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा संगम म्याग्दीको समन्वयमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत सन २०२५ मा सम्पन्न क्रियाकलापको सामाजिक परीक्षण कार्यक्रम पौष १३ गते म्याग्दीको दरवाङमा सम्पन्न भएको छ।


कार्यक्रममा जीविकोपार्जन अधिकृत अनुषा लामिछानेले जनवरी २०२५ देखि डिसेम्बरसम्म सम्पन्न भएका परियोजनाका गतिविधिहरूको प्रस्तुतीकरण गर्नुभएको थियो।संगम म्याग्दीका कार्यकारी निर्देशक दिपक पौडेलले परियोजना सलाहकार समितिको बैठकको उद्देश्य आवश्यकताका बारेमा बोल्नुभएको थियो कार्यक्रममा छलफलको क्रममा उठेका सवालहरुको जवाफ क्लस्टर कोर्डिनेटर रंजित कुमार चौधरीले दिनुभएको थियो ।
त्यसैगरी मालिका गाउँ पालिका अध्यक्ष बेग प्रसाद गर्बुजाले पलिकालाई सहयोग पुग्ने गरि शिक्षा र सचेतनाको बारेमा संगम म्याग्दीले गरेको सहकार्यको प्रशंसा गर्दै निरन्तर सहकार्यको अपेक्षा समेत गर्नुभयो ।

मालिकाको दरबांगमा सम्पन्न कार्यकममा कदम म्याग्दीका अध्यक्ष हरि प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमा गुड नेवर्स इन्टरनेशनल नेपालका क्लस्टर को–अर्डिनेटर रञ्जीत कुमार चौधरी, कार्यक्रम अधिकृत विष्णुकुमारी बराल, मालिका गाउँपालिका वडा नं. ३ का अध्यक्ष मोती प्रसाद बुढा, धौलागिरी गाउँपालिका वडा नं. ७ का अध्यक्ष अशोक खत्री लगायत सरोकारवाला निकाय र सेवाग्राहीहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी मंसिर १४ गते धौलागिरी गाउँपालिका स्तरीय परियोजना व्यवस्थापन समितिको बैठक पनि सन २०२५ को वार्षिक समीक्षा सहित सम्पन्न भएको छ। धौलागिरि गाउँ पालिकाका अध्यक्ष प्रेम पुनको अध्यक्षता, गाउँ पालिकाका उपाध्यक्ष रेशम पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमामा विभिन्न शाखाका शाखा प्रमुखहरु, वादाध्यक्षहरु संगम म्याग्दीका कोषाध्यक्ष जानुका अधिकारी लगायत सरोकारवाला निकाय र सेवाग्राहीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा संगम म्याग्दीका उपाध्यक्ष देवी सुवेदी जि.सी.ले स्वागत तथा कार्यक्रमको उद्देश्य र सञ्चालन परियोजनाका कार्यक्रम अधिकृत लक्ष्मण स्वर्णकारले गर्नुभएको थियो।













जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )