• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
२

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ हफ्ता अघि
३

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

२ हफ्ता अघि
४

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

३ हफ्ता अघि
५

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

३ हफ्ता अघि
६

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
७

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
८

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
९

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि
१०

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

१ महिना अघि
११

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

१ महिना अघि
१२

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ पौष ७, सोमबार (४ महिना अघि)

भकिम्लीको स्वर्गाश्रममा ध्यान दिवस मनाइयो

फाईल तस्विर

  • ७७ पटक पढिएको
  • बेनी, पुष-६,  म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा अवस्थित स्वर्गाश्रममा आइतबार विश्व ध्यान दिवस विविध कार्यक्रमका साथ मनाइएको छ।

    बेनी नगरपालिका वडा नम्बर ३ को कार्यालयको सहयोगमा नविन आनन्द योग केन्द्र नेपाल र स्वर्गाश्रम क्षेत्र विकास समितिको आयोजनामा समुद्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर उचाइमा रहेको स्वर्गाश्रममा ध्यान दिवस मनाइएको हो।

    दिवसको अवसरमा योग तथा ध्यानको नमुना प्रदर्शन, प्रवचन र सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रमका लागि बेनी, गलेश्वर, तातोपानी, बाबियाचौर र दरवाङ क्षेत्रका योगी, साधक तथा स्थानीयबासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रमका प्रमुख अतिथि बद्रीनाथ स्वामीले ध्यानको सुरुवात नेपालमै भएको र अहिले यसले विश्वव्यापी रूप लिएको बताउनुभयो। हिमाली क्षेत्र योग र ध्यानका लागि उपयुक्त वातावरण भएको उल्लेख गर्दै उहाँले पौराणिक कालमा देवी–देवताहरूले पहाडी क्षेत्रमा ध्यान साधना गरेको विश्वास रहेको जानकारी दिनुभयो। योग र ध्यान आधुनिक जीवनका लागि आधारभूत आवश्यकता बन्दै गएको उहाँको भनाइ थियो।

    त्यसैगरी स्वामी त्रिशक्तिनाथले स्वस्थ खानपान र सही संगतले मात्र मानिस स्वस्थ रहन सक्ने बताउनुभयो। गलत आहार, व्यवहार र संगतले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने उहाँको भनाइ थियो।

    योगी जमुना आचार्यले योग अभ्यासपछि तनावबाट मुक्त भएको र शरीरको अनावश्यक तौल घटेको अनुभव सुनाउनुभयो। नविन आनन्द योग केन्द्र नेपालका हरिप्रसाद पौडेलले परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको स्वर्गाश्रमलाई आधुनिक समाजमा ध्यान केन्द्रका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो।

    कार्यक्रममा योगी बलराम शर्माले योग र ध्यानसम्बन्धी रचना प्रस्तुत गर्नुभयो भने योग प्रशिक्षक नविन जुग्जालीले सहभागीहरूलाई योग अभ्यास गराउनुभएको थियो।

    धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको सम्मुखमा रहेको स्वर्गाश्रम धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै सम्भावनायुक्त रहेको योगी कमलकुमारी पुनले बताउनुभयो।

    बेनी नगरपालिका–३ का वडा अध्यक्ष पदम पुनका अनुसार आधारभूत पूर्वाधार तयार भइसकेको स्वर्गाश्रमलाई ध्यान केन्द्रका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले ध्यान दिवस आयोजना गरिएको हो। करिब दुई सय वर्ष पुरानो इतिहास बोकेको स्वर्गाश्रम ऋषिमुनिहरूले तपस्या गरी ज्ञान आर्जन गरेको स्थलका रूपमा परिचित छ।

    स्वर्गाश्रम क्षेत्र विकास समितिका अध्यक्ष तथा वडा सदस्य रत्नबहादुर जिसीका अनुसार आश्रममा सडक, विद्युत र खानेपानीको सुविधा पुगेको छ। योगी तथा भक्तजनका लागि आश्रयस्थल, घेराबार, भान्छाकोठा र तीर्थालु बस्ने सत्तलसमेत निर्माण गरिएको छ।

    आश्रममा १२ वर्षसम्म तपस्या गर्नुभएकी इन्दिरा माताको नेतृत्व र स्थानीयको पहलमा केही वर्षअघि सञ्चालित महायज्ञबाट संकलित दान तथा बेनी नगरपालिकाको सहयोगमा गणेश मन्दिर, पानी जम्मा गर्ने कुवा र आश्रम भवन निर्माण गरिएको हो।

    स्वर्गाश्रमको दर्शन गरेमा अन्य पाँच पवित्र तीर्थस्थलको दर्शन बराबर पुण्य प्राप्त हुने तथा मनोकामना पूरा हुने जनविश्वास रहेको छ। यहाँबाट मनोरम हिमशृङ्खला, बेनी बजार र वरपरका दर्जनौँ गाउँबस्तीको दृश्य अवलोकन गर्न सकिन्छ।

    स्वर्गाश्रममा हरेक वर्ष वैशाख १ गते रथयात्रा आयोजना गरिन्छ। स्वर्गाश्रमदेखि करिब ४० मिनेट पैदल दूरीमा रहेको बेलढुङ्गा क्षेत्रलाई पनि एकीकृत रूपमा धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीयबासीहरूले पहल गरिरहेका छन्।

    भकिम्लीको मुसुङ र बागलुङको काठेखोला गाउँपालिकाको ओखलेको सिमानामा रहेको बेलढुङ्गा प्राकृतिक भ्युटावरका रूपमा नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
    ३ हफ्ता अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

    १ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    १ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन


  • १ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • १ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • १ महिना अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • २ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • समाचार
  • १

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • २

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    १ हफ्ता अघि

  • ३

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    २ हफ्ता अघि

  • ४

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ३ हफ्ता अघि

  • ५

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ३ हफ्ता अघि

  • ६

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • ७

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • ८

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    १ महिना अघि

  • ९

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    १ महिना अघि

  • १०

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution