• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ आश्विन १, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

१३ घण्टा अघि
२

ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

१३ घण्टा अघि
३

म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ

२0 घण्टा अघि
४

घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती

२१ घण्टा अघि
५

विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

१ दिन अघि
६

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

३ दिन अघि
७

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

४ दिन अघि
८

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

४ दिन अघि
९

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

५ दिन अघि
१०

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

६ दिन अघि
११

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

१ हफ्ता अघि
१२

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ श्रावण ६, आईतबार (१ साल अघि)

म्याग्दी प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम : समुदाय–प्रहरी साझेदारी कार्यक्रमबाट १० हजारबढी लाभान्वित, ३ सय ३३ पटक ग्रामीण गस्ती

तस्विर: प्रताप बानिया

  • ३१६ पटक पढिएको
  • बेनी, साउन-५,  जिल्ला प्रहरी कार्यालय म्याग्दीले सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमबाट साढे १० हजार जना म्याग्दीवासी लाभान्वित भएका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लघु सचेतना कार्यक्रम तथा ग्रामीण गस्तीबाट ४ सय ६७ वटा कार्यक्रममार्फत १० हजार ४ सय ९४ जना लाभान्वित भएका हुन् भने ३ सय ३३ पटक ग्रामीण गस्ती गरिएको छ ।
    शनिवार जिल्ला प्रहरी कार्यालय म्याग्दीले सदरमुकाम बेनीमा आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा कार्यालयबाट सम्पादित चौथो त्रैमासिक कार्यप्रगति विवरणहरु सार्वजनिक गरेको छ । सार्वजनिक भएको प्रगति विवरणअनुसार पछिल्लो तीन महिनाको अवधिमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको हो । सो अवधिमा जिल्ला प्रहरी कार्यालयमा ३९ वटा मुद्दा दर्ता भएकोमा १५ वटा फस्र्योट भई २४ वटा मुद्दा फस्र्योट हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
    यसैगरी जिल्ला अदालत म्याग्दीबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरी उनीहरुबाट ८२ हजार पाँचसय रुपैयाँ जरिवाना असुलउपर गर्नुका साथै ६ वर्ष ३ महिना ११ दिन कैद सजाय भुक्तान गराइएको म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो । यसैगरी चौथो त्रैमासिक कार्यप्रगति अनुसार २ हजार ४५ वटा सवारीसाधनलाई ट्राफिक कारवाही गरी १७ लाख पाँचहजार पाँचसय रुपैयाँ राजश्व सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो । सोही अवधिमा ६ सय ८७ वटा ट्राफिक जनचेतनामूलक कार्यक्रमबाट ५१ हजार ७ सय ६३ जना लाभान्वित भएका छन् ।
    प्रहरी नायव उपरीक्षक श्रेष्ठले प्रस्तुत गरेको कार्यप्रगति विवरणमा पछिल्लो तीन महिनाको अवधिमा विभिन्न चारवटा सवारी दुर्घटना भएकोमा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएको उल्लेख छ । त्यस्तै मादकपदार्थ सेवन गर्नेहरु १ सय ५ जनालाई गरिएको कारवाहीबाट एकलाख १० हजार रुपैयाँ जरिवानास्वरुप राजश्व सङ्कलन भएको छ । त्यस्तै महिला, बालबालिका र ज्येष्ठनागरिकमाथि पाँचवटा घरेलु हिंसाका उजुरी दर्ता भएकोमा पाँचवटै उजुरीहरु मिलापत्र भएका छन्भने विभिन्न २१ जना व्यक्तिहरु हराएकोमा १७ जना भेटिएको र बाँकी हराइरहेका व्यक्तिहरुको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै हत्या, हिंसा, लुटपाट, र लागूपदार्थ दुव्र्यसनीलगायत घटनामा संलग्नहरुलाई पक्राउ गरी कारवाही गरिएको छ ।
    नागरिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले जिल्लामा लागूऔषध ओसारपोसार तथा अपराध नियन्त्रणमा प्रहरीले प्रभावकारी काम गरिरहेको हुँदा सर्वसाधारण नागरिकहरुले प्रहरीलाई सही र तथ्यपरक सूचनाहरु उपलब्ध गराएर सहयोग गर्नुपर्ने बताउनुभयो । बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले शान्ति सुरक्षालाई थप व्यवस्थित बनाउनका लागि प्रहरीलाई आवश्यक स्रोतसाधनसम्पन्न गराउन नगरपालिका र सम्बन्धित निकायमा पहल गरिएको बताउनुभयो ।
    कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, माओवादी केन्द्रका संयोजक शेरबहादुर केसी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष विरबहादुर थापाले मानिस जन्मेदेखि मृत्यसम्म प्रहरीको सहयोग आवश्यक रहेकोमा जोड दिँदै प्रहरीलाई नागरिकस्तरबाट आवश्यक सूचना, सल्लाह तथा सुझावहरु उपलब्ध गराउनुपर्ने र प्रहरीले पनि आफ्नो कार्यसम्पादनमा सर्वसाधारण नागरिकहरुको समस्या समाधानका लागि प्रभावकारी रुपमा कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।
    म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले प्रहरीले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रम सुशासनको एउटा पाटो भएको बताउँदै जिल्लामा शान्तिसुरक्षा कायम गराउन स्थानीय प्रशासन लागिपरेको बताउनुभयो । उहाँले अवरुद्ध बेनी–दरबाङ सडकमा खसेको पहिरो हटाएर सडक सञ्चालनको पहल भैरहेको बताउँदै आगामी दिनमा सार्वजनिक सेवा प्रवाहलाई थप परिस्कृत बनाएर अगाडि बढ्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक सागर पौडेलले गर्नुभएको थियो ।
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १३ घण्टा अघि

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

    १३ घण्टा अघि

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

    २0 घण्टा अघि

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ


  • १ दिन अघि

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

  • ३ दिन अघि

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

  • ४ दिन अघि

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

  • ५ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

  • समाचार
  • १

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो
    १३ घण्टा अघि

  • २

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन
    १३ घण्टा अघि

  • ३

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ
    २0 घण्टा अघि

  • ४

    घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती
    २१ घण्टा अघि

  • ५

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम
    १ दिन अघि

  • ६

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    ३ दिन अघि

  • ७

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    ४ दिन अघि

  • ८

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    ४ दिन अघि

  • ९

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    ५ दिन अघि

  • १०

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution